0
गोल्डेन न्यूज संवाददाता
भारतमा सम्पन्न १२औं दक्षिण एशियाली खेलकुद (साग)मा स्वर्ण पदक जितेका नेपाली खेलाडीलाई पोखरामा नगर परिक्रमा सहित सम्मान गरिएको छ । शनिवार पोखरामा विजय र्याली सहित खेलाडीलाई सम्मान गरिएको हो । सहारा क्लव पोखराको आयोजना भएको स्वर्ण विजेता खेलाडी सम्मानमा पोखरेलीहरुको वाक्लो उपस्थिति थियो । पोखराको मानवअधिकार चोकबाट सुरु भएको विजय ¥याली न्यूरोड, सभागृहचोक, पृथ्वीचोक हुँदै पोखरा रङ्गशालामा पुगेर सम्मान कार्यक्रममा परिणत भएको थियो । खेलाडीलाई अविर जात्रा गर्दै र्यालीमा पञ्चेबाजा र झाँकीसहित सर्वसाधरणले सहभागिता जनाएका थिए । सागमा स्वर्ण जित्न सफल पुरुष फुटबल टिमका खेलाडी तथा प्रशिक्षक सहित उसुमा स्वर्ण पदक जित्ने निमा घर्ती मगरलाई सम्मान गरिएको हो। सबै खेलाडीलाई जनही १० हजारसहित सम्मानपत्र प्रदान गरिएको छ ।
कार्यक्रममा फुटबलका प्रशिक्षक राजुकाजी शाक्यसहित १८ जना र उसुमा स्वर्ण जित्ने घर्ती मगर सहभागी भएका थिए । फुटबल खेलाडीहरु नवयुग श्रेष्ठ, विक्रम लामा, जगजित श्रेष्ठ, अनन्त तामाङ तथा जुडोमा स्वर्ण जित्ने फूपू ल्हृयामु खत्री भने सम्मान कार्यक्रममा उपस्थित भएनन् । कार्यक्रममा उपस्थित विभिन्न संघ–संस्थाबाट संकलन भएको कुल ८५ हजार ५ सय ५५ रुपैयाँ पनि सम्मानित सबै खेलाडीलाई दामासाहीले जनही ३ हजार ४ सय २२ रुपैयाँ पनि प्रदान गरियो । कार्यक्रममा बोल्ने बक्ताहरुले स्वर्ण जितेका खेलाडीले नेपालको शीर उचो पार्नुका साथै देशकै ईज्जत र प्रतिष्ठा बढाएको बताएका थिए ।







Post a Comment

 
Top