0
गोल्डेन न्यूज संवाददाता
नवनिर्वाचित नेपाली कांग्रेस केन्द्रीय समितिको वरियता क्रम टुंगो लगाइएको छ । नेपाली कांग्रेसको आधिकारिक वेवसाइटमा पदाधिकारी र केन्द्रीय सदस्यको वरियता सार्वजनिक गरिएको छ । जसअनुसार सभापति शेरबहादुर देउवापछि दोस्रो नम्बरमा बरिष्ठ नेता रामचन्द्र पौडेल छन् ।
यसअघिको समितिमा सभापति पछि देउवा दोस्रो नम्बरमा थिए । उनलाई नेता भनिएको थियो । पौडेललाई पनि नेता भनेर राखिएको छ । पौडेलपछि तेस्रो नम्बरमा उपसभापतिलाई राखिएको छ । अहिले कसैलाई उपसभापति मनोनित नगरिएको छैन । निर्वाचित महामन्त्री शशांक कोइराला त्यसपछि चौथो नम्बरमा छन् । सभापतिले मनोनित गर्ने महामन्त्री पाँचौं नम्बरमा छन्, जुन अहिले खाली छ । छैटौंमा कोषाध्यक्ष सितादेवी यादव छन् । सातौं नम्बर सह–महामन्त्रीका लागि खाली राखिएको छ । पदाधिकारीपछि केन्द्रीय सदस्यको पहिलो नम्बरमा प्रकाशमान सिंह छन् । त्यसपछि नवौं नम्बरमा कृष्णप्रसाद सिटौला छन् । यी दुवैजना यसअघिको समितिमा महामन्त्री थिए। सिटौलापछि दसौंमा गोपालमान श्रेष्ठ, एघारौंमा बिमलेन्द्र निधी, बाह्रौंमा केबी गुरुङ र तेह्रौंमा खुमबहादुर खड्का छन् । चौधौंमा चित्रलेखा यादव र पन्ध्रौंमा पूर्णबहादुर खड्का छन् । यी सबै फुटेको वा जुटेको पार्टीमा पदाधिकारीका रुपमा रहिसकेका नेता हुन् । त्यसपछि क्रमशः रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, नरहरि आचार्य, प्रदीप गिरी, बालकृष्ण खाँड, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, नारायण खड्का, मीनेन्द्र रिजाल, प्रकाशशरण महत, फर्मुल्ला मन्सुर, मानबहादुर विश्वकर्मा, सुजाता कोइराला, दीलेन्द्रप्रसाद बडु, एनपी साउद, उमाकान्त चौधरी र भीष्मराज आङदेम्बे छन् । 
केन्द्रीय सदस्यमा सबभन्दा बढी मत ल्याउने डा. शेखर कोइराला यसपछि बल्ल पैतीसौं नम्बरमा छन् । गगन थापा एकाउन्न, बद्री पाण्डे बाउन्नमा छन् भने प्रदीप पौडेल साठी औं नम्बरमा छन् । वरियताको पुछारमा लक्ष्मी परियार छन् ।



Post a Comment

 
Top