0
गोल्डेन न्यूज संवाददाता
स क्लब अफ पोखरा न्यूरोड चौतारीको २०१६ –१७ का लागि  पवित्रमणि पोखरेलको  अध्यक्षतामा निर्बिरोध नयाँ कार्य समिति चयन गरेको छ ।  नयाँ कार्य समितिमा ईलेक्टेड अध्यक्ष पवित्रमणि पोखरेल, निबर्तमान अध्यक्षमा दिपकराज घिमिरे, प्रथम उपाध्यक्षमा  नगेन्द्र पोखरेल, द्वितीय उपाध्यक्षमा  धुव्रप्रसाद रेग्मी, तृतीय उपाध्यक्षमा  क्षेत्रबहादुर क्षत्रीे, सचिबमा  शिवराज वराल, सह–सचिबमा  तुलसी प्रसाद पोखरेल, कोषाध्यमा मुक्तिनाथ ढकाल, सह–कोषाध्यमा  अर्जुन पौडेल चयन भएका छन्। समितिको कार्यकाल एक बर्षको हुने छ । त्यसैगरी पि.आर.ओ.मा  नरेन्द्र श्रेष्ठ, टेलट्स्टरमा शिशिर मिश्र, टेमरमा  गणेश सेन्सुरी, मेम्वरशिप डाइरेक्टर रामेश्वर आचार्य, निर्देशकहरुमा क्रमशः  डा. कमल चापागाई, ज्ञानेन्द्र पन्त, पूर्ण वहादुर थापा,  ऋषि बराल,  केशरी तिवारी र  चुल प्रसाद श्रेष्ठ, कृष्ण वहादुर लम्साल र लोकवहादुर खाँड निर्वार्चित भएका हुन् ।त्यसैगरि सदस्यहरुमा बिष्णुहरि ढकाल, दिपक खड्का, याम गुरुङ, सन्तोष शेरचन, राजेश श्रेष्ठ र पिताम्वर लामिछने रहेका छन् । त्यसैगरी सल्लाहकारहरुमा क्लवका स्थापक अध्यक्ष बलाराम बडाल, नरहरि पौड्याल र अर्जुन गिरीलाई चयन गरिएको छ । कार्यक्रमका निर्वाचन आयुक्तमा क्लबका निःवर्तमान अध्यक्ष अर्जुन गिरी, सदस्यहरुमा नरहरि पौडेल र वलराम बडाल रहेका थिए । कार्यक्रममा आगामी बर्ष २०१६–१७ का ईलेक्टेड अध्यक्ष  पवित्रमणि पोखरेलले आफ्ना भाबी कार्यक्रम र रणनीतिका बारेमा बोल्दै आगामी दिनहरुमा बिगतका बर्षहरुमा गरिएका कार्यक्रमहरुलाई निरन्तरता दिने र आफ्नो कार्यकालमा गरिब र पिछडिएको गाउँ बस्तीमा निःशुल्क बृहत स्वास्थ्य शिबिर, दन्तशिविर लगायत समाजमा आफूले थुपै्र कार्य गर्ने लक्ष्य रहेको बताए । समाज सेवामा हामीले गर्न सक्ने कार्यहरु लक्षित समुहलाई बढिभन्दा बढी फाईदा पुग्ने गरि सञ्चालन गर्ने छांै’–उनले भने । कार्यक्रममा ईलेक्टेड अध्यक्ष  पवित्रमणि पोखरेललाई क्लबका सम्पूर्ण  सदस्यहरुले शुभकामना र बधाई दिदै बिगतका दिनहरुमा क्लबले आर्जन गरेको शाख र गरिमालाई अझ उच्च राख्न गौरब र हिम्मतका साथ हातेमालो गर्दै अगाडि बढ्न आग्रह गरेका थिए ।  सो अवसरमा निर्बाचन आयुक्त एवं निवर्तमान अध्यक्ष अर्जुन गिरी र निर्वाचन कमिटीका सदस्य नरहरि पौडेल लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।





Post a Comment

 
Top