0
 विष्णुहरि पौडेल 
लेखनाथ ८ मोहरीया आँपडाँडामा रहेको नवज्योति सनतदुर्गा निमाविले ईतिहाँस रच्दै छ । आफ्नो स्थापनाको २५औं वार्षिकोत्सव तथा रजत जयन्ती समारोह सम्पन्न गर्न गइरहेको छ । लामो सर्घर्ष र स्थानिय प्रयासबाट अगाडि वढेको नवज्योति प्राविले २०७२साल भदौं १८गते शिक्षा मन्त्रालयको निर्णय अनुसार नाम परिबर्तन गरी नवज्योति सनतदुर्गा निमावि भएको छ । विद्यालय स्थापनाको रजत जयन्तीकै अवसर पारेर विविध कार्यक्रम, खेलकुद सप्ताह तथा गत  माघ १६ गते राष्टिूय स्तरको कबिता बाचन प्रतियोगीता समेत सम्पन्न गरिसकेको छ । यही फागुन २९ गते शनिवार रजत जयन्ती समापन समारोह समापन गर्न लागेको छ । शिक्षा सचिव विश्वप्रकाश पण्डितले समारोहको समापन गर्ने विद्यालयका प्रअ लिलामणी त्रिपाठीले जानकारी दिएका छन् । विसं २०४७ पुस ४ गते स्थानीयहरुको भेलाले अभिभावक बालकृष्ण बास्तोलाको अध्यक्षतामा भबन निर्माण समिति र ब्यवस्यापन समिति गठन गरेको नब ज्योतिप्राविले समयको कालखण्ड सगै फड्को मारेको हो । विद्यालयले गरेको परिबर्तनमा खुसी ब्यक्त गर्दै तत्कालीन सस्थापक शिक्षक तथा बर्तमान प्रधानाध्यापक लीलामणि त्रिपाठीले विद्यालयको मुहारै फेरिने गरी भएको परिबर्तन सगसगै शौक्षिक गुणस्तरलाई पनि समायनुकल परिबर्तन गर्दै लैजान आफूहरु लागी परेको बताए । सुरुमा कक्षा १ र २को पढाई संचालन गर्दा १७ जना विद्यार्थीहरु रहेको उक्त विद्यालयमा हाल कक्षा ७ सम्मको पढाई संचालन हुदै आएको छ जहाँ एक सय ७० बिद्याथीहरु रहेका छन्। विसं २०४७साल माघ १६गते श्रीपञ्चमीका दिन लेखनाथ नगरपालिका वडा नं ८निबासी दोर्णाचार्य लामिछानेले सो क्षेत्रका साना साना बाल बच्चाहरुलाई जम्मा गरी हाल सामुदायिक अस्पताल रहेको चौरमा   क, ख ,रा  सिकाउदै स्थापना भएको नवज्योति प्रावि रुखको छाहारीबाट भुपडी हुदै महलको रुपमा परिणत भैसकेर नयाँ ईतिहाँस रच्दै छ ।  दयालु मन भएका पोखरा उप महानगर पालिका बडा नं ८ जाल्पा रोड निबासी सनत कुमार श्रेष्ठ र उनको परिबारले लेखनाथमा रहेको उक्त  विद्यालयलाई सहयोग गरी उदाहरणीय काम गरेका छन्। परोपकार पूण्याय पापाया परपीडनम्” को भावनाले  प्रेरित उनै दयालु मनका खानी श्रेष्ठको  परिबारले विद्यार्थीहरुले पढ्दै आएको विद्यालयको भौतिक अवस्था कमजोर देखेर आफनो एकल लगानीमा विद्यालयको आँप डाडामा रहेको जग्गामा १२ कोठे दुई तले पक्की भबन निर्माण गरी विद्यालयको स्वरुप सगसगै नाम नै परिबर्तन गरी नवज्योति सनत दुर्गा निमावि राख्ने काम गरी समाजमै  उदाहरणीय काम गरेर देखाएका छन्। झट् हेर्दा कुनै निजी विद्यालयको भवन जस्तो देखिने विद्यालयमा श्रेष्ठ परिवारले करिव एक करोड ५१ लाख खर्च गरी  बनाई दिएका हुन्। शौक्षिक वातावारण नहुँदा आफूले पढ्ने अवसर नपाएकोमा गुनासो गर्दै अबको २१औं सताव्दीमा र्र्आिर्थक अभाब कै कारणले शिक्षाको उज्यालोबाट बञ्चित हुन नपरोस् भन्ने उदेस्यले आफुले विद्यालयको भौतिक निर्माणमा सहयोग गरेको दाता सनत कुमार श्रेष्ठ बताउछन्। विद्यालयको भौतिक संरचनाले पनि विद्यार्थीको पढाईमा मनोबैज्ञानिक असर पार्ने भएकाले अस्पताल परिसरबाट केही पर सारी शान्त र रमणिय स्थलमा विद्यालय बनाउन पाउदा आफुलाई खुसी लागेको कुरा बताउदै श्रेष्ठले आफु मरेर गए पनि आफुले गरेको कार्य जुग जुगसम्म रहने भएकाले सहयोग गरेको बताउछन् ।यातायात क्षेत्रको लामो अनुभव संगालेका श्रेष्ठले श्रीमती दुर्गा श्रेष्ठ,तीन छोरा र एक बुहारीको साथ पाएर नै आफुले कमाएको केही पैसालाई सामाजिक क्षेत्रमा खर्च गर्ने उदेश्य राखेर शिक्षाको क्षेत्रमा सहयोग गरेको बताउदै श्रेष्ठले आगामी दिनमा सो विद्यालयमा अंग्रेजी माध्यमको पढाई र उच्च माविसम्मको पढाई संचालन गर्ने बताए । विद्यालयका बर्तमान ब्यवस्थापन समितिकी अध्यक्ष सरिता त्रिपाठी र सस्थापक अध्यक्ष बालकृष्ण बास्तोलाले विद्यालयको भौतिक विकास सगसगै शौक्षिक विकासमा लागि समयानुकुलको शिक्षा प्रणाली लागु गर्नका लागि स्थानीयबासीदेखि लेखनाथबासीहरु नै  अगाडि वढ्नु पर्ने  कुरामा जोड दिंदै उक्त विद्यालयलाई नमूना विद्यालय बनाउन सबैमा आव्हान समेत गरेका छन् ।




Post a Comment

 
Top