0
गोल्डेन न्यूज संवाददाता
तनहुँ जिल्लाको सुन्धारा गाबिस वडा नं. ५ घिसिङमा खानेपानी टयाङ्की शिलान्यास गरिएको छ ।  लायन्स क्लव अफ पोखरा आँगन र युनाईटेड चौतारीले संयुक्त रुमिा निर्माण गर्न लागेको हो ।  गाबिसका स्थानीयको आग्रमा निर्माण गर्न लागिएको खानेपानी टयाङ्कीको क्षमता २७ हजार लिटरको छ भने यसबाट ८० घरधुरी लाभान्वित हुनेछन् । उक्त ट्याङ्ककीको शिलान्यास पीडितका लागि राहत एवं पुनः निर्माण समिति चियरपर्सन राजेन्द्र बाटाजूले गरेका थिए ।
लायन्स क्लब अफ पोखरा आँगनका प्रथम उपाध्यक्ष मदन कुमार मुल्मीको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा मूल्याङ्कन समिति चियरपर्सन श्यामकृष्ण श्रेष्ठ, स्थानीय निर्माण समितिका संयोजक चुन नारायण श्रेष्ठ, खानेपानी  टयाङ्की निर्माण कार्यक्रमका संयोजक राम नारायण श्रेष्ठ लगायतले बोलेका थिए ।















Post a Comment

 
Top