0
गोल्डेन न्यूज संवाददाता
 ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयको आयोजनामा सात दिवसीय श्रीमद् भगवद्गीता ज्ञान महायज्ञ सुरु भएको  छ । सांसद एवं संसदीय विकास समितिका सभापति रविन्द्र अधिकारीले कार्यक्रमको उद्घाटन गरेका हुन् । उनले  भौतिकता सँगसँगै आध्यात्मिक ज्ञानको पनि आवश्यकता हुने बताउँदै चिन्तनको माध्यमबाट नै मानवले सच्चा शान्ति प्राप्त गर्न सक्ने बताए । उनले आफुले गर्ने हरेक कार्य खुसी मनले गर्न सके हरेक स्थानमा शान्ति प्राप्त गर्न सकिने वताए । संस्थाकी निर्देशक राजयोगिनी ब्रह्माकुमारी परिणीता दिदीले मानवको व्यक्तित्वको उचाई पद, मान, सम्मानबाट नभई बिचारको मा
ध्यमबाट हुने भएकाले गीता ज्ञान सबै मानव आत्माको स्व व्यवस्थापनको विद्या भएको बताइन् । महायज्ञकी वक्ता ब्रह्माकुमारी अप्सराले श्रीमद् भगवद्गीता ज्ञान स्वयं निराकार परमात्माले केबल एक अर्जुनलाई मात्र नभई आजको समयमा हरेक मानव आत्मामा सृजित तनाव, चिन्ता र सर्वसमस्याको समाधानको लागि दिइएको ज्ञान भएको बताउँदै गीता ज्ञानको प्रथम सत्र अन्तर्गत मानव मनमा सृजना हुने नकारात्मक विचारलाई सकारात्मक दिशा प्रदान गर्ने एक योग शास्त्र भएको बताइन् ।
त्यस्तै  क्षेत्रीय प्रशासक शंकर प्रसाद कोइरालाले महायज्ञको सफलताको कामना गर्दै व्यस्त समयमा केही समय आफ्नो लागी समेत व्यवस्थापन गर्न आवश्यक भएको वताए । कर्यक्रममा प्रहरी नायव महानीरीक्षक त्रय मिङमार लामा, नरेन्द्रकुमार सिंह, यादव रेग्मी, प्रहरी उपरीक्षकद्वय घनश्याम अर्याल, फणिन्द्र पौडेल, पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारी विभिन्न शाखाका संचालीकाहरु ल्गायत विविध क्षेत्रका व्यक्तित्वहरुले संयुक्त रुपमा महायज्ञको उद्घाटन गरेका थिए । राजयोगिनी ब्रह्माकुमारी परिणीता दिदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मंतव्य संस्थाका महासचिव शैलेषराज बरालले गरेका थिए भने कार्यक्रमको संचालन व्रह्मकुमार शिशिरले गरेका थिए ।त्यस्तै कार्यक्रमको सफल वनाउन विहिवार  मोटरसाइकल तथा  कलश यात्रा समेत आयोजना गरीएको थियो । मोटरसाइकल ¥यालिको उद्घाटन नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य शुष्मा पौडेल र बैदाम प्रहरी कार्यालयका प्रमुख बिरेन्द्र गोदारले संयुक्त रुपमा गरेका थिए । उनिहरुले कार्यक्रमको उद्घाटन गर्दै अध्यात्म विना मानिसको जिवन सफल नहुनेमा जोड दिए । कार्यक्रमको संचालन ब्रह्मकुमार लोकनाथ काफ्लेले गरेका थिए । विभिन्न संघसंस्थाका प्रमुख तथा ब्रह्मकुमार तथा ब्रह्मकुमारीहरुको सहभागितामा सञ्चालन भएको मोटरसाइकल तथा  कलश यात्रामा कार्यक्रम स्थलवाट सुरु भई पोखराका मुख्यमुख्य स्थानको परिक्रमा गरी पुन कार्यक्रम स्थानमा पुगी समापन भएको थियो । महायज्ञ चैत्र ३ गतेसम्म सञ्चालन हुने छ । उक्त कार्यक्रममा सहभागिताका लागी सम्पुर्ण संघसंस्थाका व्यक्ति तथा स्थानिय व्यक्तिहरुलाई आमन्त्रण गरिएको छ । 













Post a Comment

 
Top