हालै भारतमा सम्पन्न भएको दक्षिण एसियाली खेलकुद सागको वदला लिदा नेपालले पाकिस्तानलाई घरेलु मैदानमा पराजित गर्दै विजयी सुरुवात गरेको छ । पाकिस्तान ह्याण्डवल संघको आयोजनामा पाकिस्तानको फैसलावादमा आइतबार देखि सुरु भएको अन्तर्राष्ट्रिय आमन्त्रीत महिला ह्याण्डवल प्रतियोगितामा नेपालले पाकिस्तानी राष्ट्रिय टिमलाई २५ गोलको बिरुद्ध २८ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो।
नेपालको जितमा कप्तान रन्जना राई, उमा राई र प्रभा चौधरी ७÷७ गोलको महत्वपूर्ण योगदान दिए । त्यसै गरी पार्वती चौधरी र शान्तिकला राईले ३÷३ गोलको योगदान दिएभने भेषकुमारी चौधरीले एक गोल गरिन ।
१२ औं सागमा तेश्रो भएको पाकिस्तानी टोलीले सागमा नेपाललाई पराजित गर्दा नेपाल चौथो स्थानमा रहेको थियो । करीब एक महिना अघिको वदला उसैको घरेलू मैदानमा हजारौ दर्शकहरु माझ नेपालले पराजित गर्नु ठूलो उपलब्धी भएको नेपाली टिमका मुख्य प्रशिक्षक जीवन बहादुर बस्नेतले बताए । नेपाली टिमको पहिलो दिनको खेल उत्कृष्ट प्रर्दशन भएपछि सहभागी विभिन्न देशका खेलाडी तथा पाहुनाहरुले नेपाली टिमसंग फोटो खिच्न केहि समय व्यबस्त रहेका थिए । पैmसलावादमा रहेको कृषि विश्वबिद्यालयको परिसरमा वेलुका अवेर आयोजना भएको उक्त प्रतियोगितामा फ्लटलाईट प्रयोग भएको थियो । नेपालले सोमबार नेपाली समय अनुसार करीब ४ः३० बजे उज्विकीस्तान संग खेल्ने भएको छ ।
यसैबीच आईतबार भएको पहिलो खेलमा उज्विकीस्तानले माल्दिप्सलाई २२ को बिरुद्ध ३२ गोल अन्तरले पराजित गरेको छ । चैत्र १७ गतेसम्म संचालन हुने प्रतियोगितामा नेपाल, पाकिस्तान, भारत, माल्दीप्स र उज्विकीस्तान गरी पाँच देशको सहभागिता रहेको छ ।
स्रोत ः दिनानाथ बराल
Post a Comment