स्याङजा जिल्ला पवै गौडे निवासी रेग्मी दाजु भाइले सवा करोड मूल्य बराबरको निजी विद्यालय समता निकेतनको नाममा दान दिएका छन् । आप्ना पिता माता चुणामणि रेग्मी र बाटुली रेग्मीको स्मृतिमा स्थापना भएको चुणामणि मेमोरियल इङ्लिस बोर्डीङ स्कुल समताको नाममा हस्तान्तरण गरेका हुन् । पवैगौडे गाविस नयाँबजारमा रहेको १ रोपनी जग्गामा निर्माण भएको १६ कोठे पक्की भवन त्यसभित्र रहेका फर्निचर, कम्प्युटर लगायतका सवै सामाग्रीहरु समताले संचालन गर्ने गरि समताका संस्थापक उत्तम सन्जेललाई शनिवार एक कार्यक्रमका बीच रेग्मी दाजु भाइ लोकनाथ रेग्मी र टुक प्रसाद रेग्मीले दान स्वरुप हस्तान्तरण गरेका हुन । विसं २०६० सालमा स्थापना भएको सो विद्यालयमा हाल नर्सरी देखी कक्षा दश सम्म अध्यापन हुँदै आएको छ भने कुल १ सय ७५ विद्यार्थीले त्यस विद्यालयमा अध्यन गर्दै आएका छन् । अंग्रेजी माध्यमको शिक्षामा पहँुच नभएका विद्यार्थिलाई सस्तो मूल्यमा अंगे्रजी माध्यमको शिक्षा दिँदै आएको समता निकेतनलाई विद्यालय हस्तान्तरण गर्न पाएकोमा आफनो परिवार खुशि रहेको दान दाता लोकनाथ रेग्मीले बताए । सामान्य पारिवारिक जीवन यापन गरिरहेका आफूहरुले भएर भन्दा पनि त्यस क्षेत्रका बालबालिकाहरु सूलभ मूल्यमा स्तरीय शिक्षा प्राप्त गर्न सकून भनेर आफनै पूर्खौली जमिनमा स्थापना गरिएको विद्यालय दान दिएको अर्का दाता टुक प्रसाद रेग्मीले बताए । रेग्मी दाजु भाइमा दाजू लोकनाथ गाविस सचिवबाट सेवा निवृत्त हुन् भने भाइ टुक प्रसाद खेती किसानी र सामान्य व्यवसाय गर्दै आएका छन् । सो विद्यालयमा सेयर हालेका २७ जना शेयर सदस्यलाई उनीहरुको मूल्याकंनले पर्ने २२ लाख रकम समेत क्रण लिएर फिर्ता दिई विद्यालयको सवै स्वामीयत्व आफना नाममा लिइ जग्गाको लालपूर्जा लगायत सवै दान दिएको उनीहरुले बताए ।
देशभर १९ जिल्लामा विद्यालय सन्चालन गर्दै आएको समाताको सो ४२आंै विद्यालय वएको संस्थापक सन्जेलले बताए । वि सं २०५८ सालमा स्थापना भएको समताले वि सं २०७३ सालसम्म देश भर ७५ वटै जिल्लामा कम्तीम एक विद्यालय स्थापना गर्ने र एक विद्यालयमा १ हजार विद्यार्थी अध्यापन गर्ने लक्ष्यका साथ अघि वढेको समताका लागि विद्यालय दान गरेकोमा संचालक सन्जेलले दानको उद्देश्यलाई मर्न नदिने बताए ।
समतामा जुनसुकै कक्षामा पढने भए पनि भर्ना शुल्क एकसय पचास रुपैयाँ र प्रति महिना एक सय रुपैयाँ शुल्क तिरेर अध्यन गर्न पाइन्छ जुन निजी विद्यालयको शुल्कको तुलनामा ज्यादै न्यून हो ।
विद्यायल समतालाइ हस्तान्तरण संगै सो विद्यालयमा अध्ययन गर्ने विद्यार्थी र सो विद्यालयमा पहँच भएका विद्यार्थी तथा अभिभावकहरु सस्तो सुलभ र उत्कृष्ट शिक्षा लिन पाउँने भए पछि खुशी भएका छन । सो विद्यालयमा पवैगौडे, ठूलाडीही, बाहाकोट र स्याङ्जा नगरपालिकाका केही वडाका विद्यार्थीहरु अध्ययन गर्न आउने गर्दछन् ।
Post a Comment