0
लायन्स क्लब अफ पोखरा पिस सिटीले प्रस्तावित नयाँ लायन्स क्लब लायन्स क्लब अफ लेखनाथ गार्डेन सिटीका सदस्यहरूका लागि दोश्रो चरणको ओरिएन्टेसन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा डिष्ट्रिक्ट ३२५ बी १ नेपालका जीएलटी को–अर्डिनेटर सुचित्रा थापा र ओरियन्टेसन कमिटी चिफ को–अर्डिनेटर ई.रामचन्द्र पोख्रेलले लायनवाद, लिडरसीप र क्लब सञ्चालनको विधिको बारेमा प्रशिक्षण दिएका थिए ।कार्यक्रममा प्रस्तावित नयां क्लब लायन्स क्लब अफ लेखनाथ गार्डेन सिटीका प्रस्तावित अध्यक्ष भरत कुमार अधिकारी लगायत बिभिन्न क्षेत्र पेशा ब्यवसायमा आवद्ध २५ जना सदस्यहरुको उपस्थिति रहेको थियो । प्रस्तावित नयाँ लायन्स क्लबका सदस्यहरूले सो ओरियन्टेसन कार्यक्रमबाट आफूहरूले लायनवाद सम्बन्धी प्रशिक्षित हुने मौका पाएको र लायनवादको बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जानकारी प्राप्त गर्न सकेको अनुभव सुनाएका थिए । कार्यक्रम लायन्स क्लब अफ पोखरा पिस सिटीका अध्यक्ष टंकराज अधिकारीको अध्यक्षतामा सम्पन्न ओरेन्टेसन कार्यक्रममा रिजन चेयरपर्सन छविलाल शर्मा क्लबका सस्थापक अध्यक्ष सुदिपराज ढुंगाना पूर्व अध्यक्ष प्रशान्तराज धमला, क्लबका सचिव ई. राजेन्द्र ढकाल, कोषाध्यक्ष हरिराम पराजुली लगायतले लायनवादका बारे आफना अनुभव सुनाएका थिए । लायन्स क्लब अफ पोखरा पिस सिटीले यसअघि लायन्स क्लब अफ पोखरा पिस टाउन, पिस भ्याली, मेट्रो सिटी, गार्डेन सिटी, काठमाडौं पिस सिटी, लेखनाथ सेवेन लेकसिटी र लियो क्लब अफ पोखरा पिस सिटी क्लब स्पोन्सर गरिसकेको छ ।

Post a Comment

 
Top