0
गोल्डेन न्यूज संवाददाता
पोखराको पृथ्बीचोक स्थित एक मनि ट्रान्फरमा हतियार देखाएर रकम लुटी भाग्न खोज्नेलाई स्थानियले समातेर प्रहरीको जिम्मा लगाएका छन् । पोखरा ८ शिवालय मार्ग स्थित सभ्यता मनि ट्रान्सफरबाट झण्डै साढे ६ लाख रुपैया लुटेर भाग्दै गरेका सुनसरी धरानका प्रशान्त थापामगर हतियार सहित पक्राउ परेका छन् । 
मनि ट्रान्सफरका कर्मचारीलाई एयरगन देखाएर ६ लाख ४५ हजार पाँच सय रुपैया लुटेर भाग्न खोज्दा स्थानियले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् । विहान झण्डै साढे १० बजेर मनि ट्रान्सफर भित्र छिरेका थापामगरले ढोकाको चुक्कुल लगाएर भित्र रहेका कर्मचारीलाई डर देखाउदै झोलामा रकम राख्न लगाई भाग्न खोजेका थिए। रकम लिएर वाहिर निस्किए पछि एक जना कर्मचारी वाहिर निस्किएर चिच्याएपछि मोटरसाईकल छोडर भागेका उनलाई स्थानीयले समातेका थिए । मनि ट्रान्सफरकी कर्मचारी सभ्यता गुरुङले भित्र छिरेर हतियार देखाउदै भएको सबै रकम झोलामा राख्न लगाएको बताईन् । भित्र तीन जना महिला कर्मचारी थिए । रकम लुटेपछि उनीहरुसँग भएको मोवाईलको ब्याट्री समेत निकालेर भाग्न खोजेका थापामगर कर्मचारीको हिम्मतको कारण समातिएका हुन् । लुटेरा वाहिर निस्किएपछि गुरुङ पनि वाहिर निस्किएर चिच्याएकी थिइन् । स्थानीयले खवर गरेपछि प्रहरी पुगेको थियो । थापामगरले प्रयोग गरेको बा २४ प ४०७९ नम्बरको मोटरसाईल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ । सो मनि ट्रान्सफरबाट दुई बर्ष अघि पनि झण्डै ४ लाख रुपैयाँ लुटिएको थियो । तर लुटेराको पहिचान हुन सकेको थिएन ।






Post a Comment

 
Top