0
गोल्डेन न्यूज संवाददाता
पोखराको विरौटामा गत वर्षबाट सञ्चालनमा आएको रिमझिम दोहोरी साँझले विविध कार्यक्रमका साथ आफ्नो प्रथम वार्षीकोत्सव मनाएको छ । दोहोरी साँझले वार्षिकोत्सवको अवसरमा एकहप्तासम्म चर्चित कलाकारको साथमा विशेष कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारको सहभागिता रहेको कार्यक्रम संयोजक समेत रहेका वरिष्ठ लोकदोहोरी गायक पुरुषोत्तम न्यौपानेले बताए  ।
एक हप्ते कार्यक्रममा नियमित कलाकारका अलावा चर्चित राष्ट्रिय कलाकार प्रजापती पराजुली, कोमल वली, पुरुषोत्तम न्यौपाने, रामभक्त जोजीजु, नारायण रायमाझी कुमार पुन, जुना श्रीष मगर, राधिका हमाल, निता पुन, शंकर विरही गुरुङ, जानकी तारगी मगर, रितु कँडेल, प्रिति आले, आरसी कोइराला, लगायतको प्रस्तुति राखेका थिए । ‘वार्षिकोत्सवको एक हप्ते कार्यक्रम अपेक्षा गरेको भन्दा सफल भयो । उनले बताए । दोहोरी साँझले वार्षिकोत्सवको अवसरमा मौलिक लोक साँस्कृतिको क्षेत्रमा कमल चलाउने पत्रकार, लोकदोहोरी गायक, दोहोरीका उत्कृष्ट कर्मचारी, राम्रो सेवा प्रदान गर्ने कर्मचारीलाई सम्मान ग¥यो । ‘हामीले लोक दोहोरी क्षेत्रमा कलम चलाउने पत्रकारलाई नगद सहित सम्मान गरेर नयाँ संस्कारको सुरु गरेका छौं’–न्यौपानेले भने । दोहोरी साँझले पत्रकार राजाराम पौडेल, लोकदोहोरी गायक श्रीराम अधिकारी, उत्कृष्ठ कर्मचारीको रुपमा गायक गगन गुरुङ र राम्रो सेवा प्रदान गर्ने कर्मचारी मनिषा श्रेष्ठलाई वार्षीकोत्सवको अवसरमा सम्मान गरेको थियो । २०७१ साल फागुन २२ गतेबाट पिताम्बर भण्डारी, पुरुषोत्तम न्यौपाने, श्रीराम वराल, ईश्वर श्रेष्ठ, प्रेमलाल पाण्डे, कुमार पुन, नविन आले र जानुका भट्टराईको संयुक्त लगानीमा पोखराको विरौटामा यो दोहोरी साँझ सञ्चालनमा आएको हो । दोहोरी सञ्चालन गर्न ९४ लाख लगानी लागेको सञ्चालक न्यौपानेले  बताए । दोहोरी साँझमा १६ कलाकार सहित ३५ जना कर्मचारी कार्यरत रहेका छन् । नियमित कलाकारको रुपमा पुरुषोत्तम न्यौपाने, कुमार पुन, गगन गुरुङ, श्रीराम अधिकारी, बुद्धि थापा, होम नेपाली, सपना वि.क., प्रेमा मगर, रजनि मगर, सञ्जु थापामगर, उषा पुन, राजेन्द्र परियार, विमल गायक, अनुप गुरुङ, जितेन्द्र सेन्चुरी, मदन गिरीले साँझमा दैनिक प्रस्तुति राख्ने गरेको उनले बताए ।












Post a Comment

 
Top