0
पोर्क फेस्टिभलको पूर्व सन्ध्यामा महोत्सव स्थल पोखरा रंगशालामा नेपाली सेनाद्वारा सरसफाइ गरिएको छ । महोत्सव स्थल रंगशालामा बुधवार नेपाली सेना सिद्धिबक्स गण फुलबारीका मेजर बोधराज ढकालको नेतृत्वमा गएको टोलीले सरसफाइ गरेको हो ।  टोलीले महोत्सव स्थल वरपरका फोहोरहरु संकलन गर्नुका साथै वरपर रहेका ढुंगाहरु समेत हटाएको छ । साथै अफ्ठ्यारा ठाउँहरुमा बाटो समेत मर्मत गरेको थियो । चैत्र ५, ६ र ७ गते पोखरामा बंगुर ब्यवसायी संघ कास्कीको आयोजनामा पोर्क महोत्सव हुदैछ । बंगुर ब्यवसायी किसान संगै बंगुरको मासुबाट बन्ने परिकारको प्रवद्र्धन गर्ने उद्देश्यका साथ पोखरामा नै पहिलो पटक आयोजना महोत्सवको आयोजना गर्न लागिएको हो । महोत्सवमा विशेष गरी बंगुर उत्पादनका लागि ब्रिडर फार्म, उपकरण, दाना, औषधि, वित्तिय संस्थाको बारे जानकारी तथा प्राविधिक परामर्श, बंगुरको बधशाला तथा प्रशोधनका वारेमा जानकारीमूलक स्टलहरु राखिएका छन् । महोत्सवले बंगुरपालन क्षेत्र तथा बंगुरजन्य व्यवसायको प्रबद्र्धन र विकास गर्ने, लिन पोर्कको बजारीकरणलाई प्रोत्साहन गर्ने, उपभोक्तालाई स्वच्छ तथा स्वस्थ्य वंगुरको मासु उपलब्ध गराउनको लागि  बंगुर काट्न अघि र काटि सकेपछि पशु चिकित्सकद्वारा निरीक्षण गर्ने परिपाटिको बिकास गरिने भएको छ ।





Post a Comment

 
Top