0
गोल्डेन न्यूज संवाददाता
अपाङ्ग भएका यूवाहरुमा यौन तथा प्रजनन चेतनाको स्तर कमी भएको पोखरामा आयोजित एक कार्यक्रममा औल्याईएको छ । मेरी स्टोप्स ईन्टरनेशनलको आयोजनामा भएको ‘नेपालका अपाङ्गता भएका युवाहरुको यौन तथा प्रजनन स्वास्थ्यका आवश्यकताहरु’ विषयक एक दिने अन्तत्र्रिmया तथा परामर्श कार्यक्रममा सहभागी सरोकारवालाहरुले यस्तो औँल्याइएको हो । उनीहरुमा परिवार नियोजनका समग्र आधुनिक तरिकाहरु र गर्भपतनको कानुनी व्यवस्थाको बारेमा चेतनाको स्तर कम रहेको तथा यसबारे गलत धारणा समेत रहेको मेरी स्टोप्सका को–अर्डिनेटर शुष्मा थापाले बताइन । कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिंदै थापाले परिवार नियोजनका अस्थाई तथा स्थाई उपायहरुको बारेमा जानकारी  दिइन । ‘अस्थाई साधनहरु प्रयोग गर्दा मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर गर्छ भन्ने गलत धारणा समाजमा अझै छ’ उनले भनिन् ।  यौन अधिकार र प्रजन्न क्रियामा अपाङ्ग र सवलाङ्ग भन्ने विभेद नै हुन नहुँनेमा उनले प्रष्ट पारिन् ।
मेरी स्टोप्स तथा स्वास्थ्य सम्बन्धि सेवा प्रदायक संस्थाहरुमा अपाङ्गता भएका व्यक्तिहरुको सजिलै पहुच पुग्न नसकेकाले पनि गलत धारणा कायम रहेको सहभागिहरुको गुनासो थियो । १८ वर्ष उमेरदेखि ४० वर्षसम्मका व्यक्तिहरु सहभागी कार्यक्रममा अपाङ्ग भएका युवाहरुमा एसआरएचको बारेमा भएको चेतनाको तह, एसआरएचका आवश्यकता र उनीहरुको एसआरएच सेवाहरुमा पहुँच र प्रयोग गर्दा सामना गर्नुपरेका अवरोधहरुको बारेमा महत्वपूर्ण जानकारी प्रदान गरिएको थियो ।
अपाङ्ग भएका व्यक्तिहरुको आवश्यकता परिपुर्तिका लागि निति र कार्यक्रमहरु आवश्यक रहेको समेत जानकारी गराईएको थियो । सेन्टरले गत वर्ष पनि अपाङ्गता भएका व्यक्तिहरुको यौन तथा प्रजनन सम्बन्धमा तथ्यांक सार्वजनिक गर्ने कार्य सम्पन्न गरेको थियो । संचालन नेत्रहीन युवा संघका महासचिब रामचन्द्र गैह्रेले गरेका थिए ।






Post a Comment

 
Top