0
गोल्डेन न्यूज संवाददाता
राष्ट्रसेवक कर्मचारीहरुले गर्ने कुनै निर्णयले द्वन्द व्यवस्थापन र शान्ति प्रर्वद्धन गर्छ भने विवेक नपुगोको निर्णयले द्वन्दलाई नै निम्त्याउने भएकाले जिम्मेवार रहेर निर्णय गर्नु पर्ने पोखरामा मंगलबार आयोजित एक कार्यक्रममा जोड दिइएको छ । शान्ति तथा पुनः निर्माण मन्त्रालयद्वारा आयोजित द्वन्द रुपान्तरण, स्थानीय स्तरका लागि शान्ति प्रवद्र्धन सम्बन्धी अभिमुखी कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा बोल्दै मन्त्रालयका सह–सचिव शंखर प्रसाद खरेलले शान्तिको प्रर्वद्धनले नै दिगो विकासमा टेवा पु¥याउने बताए । उनले दीर्घकालिन लक्ष्य हासिल गर्ने किसिमका योजनाको छनौट गर्नु पर्नेमा जोड दिए ।
त्यस्तै उप–सचिव जानुका सुवेदीले जनताको सेवा प्रवाह र वितरण प्रणालीलाई नै समुचित एवम् पारदर्शी रुपमा अगाडि बढाएमा समाज नै शान्ति मैत्री हुने बताए ।
कार्यक्रमका अध्यक्ष एवम् स्थानीय शान्ति समिति कास्की अध्यक्ष रामजी बरालले निर्वाह र परपम्परावारी विकासको सोचबाट माथि उठ्नु पर्नेमा जोड दिए । कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष रमेश पौडेलले शान्ति र विकासको प्रर्वद्धनको लागि आमसञ्चारलाई सँगै लानुपर्नेमा जोड दिए । शान्ति संमवेदनशील विकासका अवधारणाहरु र कार्यक्रमहरु आन्तरिकिकरण गरी कार्यन्यन योग्य बनाउने र स्थानीय तवरबाट सुझाव संकलन गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको हो ।
तीन दिनसम्म चलेको सो कार्यक्रममा प्रत्येक दिन ७० जनाका दरले विभिन्न समुहका व्यक्तिहरुको सहभागीता रहेको थियो । कार्यक्रममा १० जिल्लाका शान्ति समितिका संयोजकहरु, राजनैतिक दलका नेताहरु, उद्योग वाणिज्य संघ, नागरिक समाज र अधिकारकर्मीहरुको सहभागीता रहेको थियो । सहभागीहरुले सामाजिक न्यायमा आधारित शान्ति, शान्तिकोषको संउचित प्रयोग, विद्युतिय माध्यममा सुचना दिनुपर्ने, छिटो–छरितो र सर्वसुलर्भ सेवा प्रवाह र जनताको रोजाईको विकास जस्ता विषयमा सुझाव दिएका थिए ।









Post a Comment

 
Top