0
गोल्डेन न्यूज संवाददाता
उपराष्ट्रपति नन्द वहादुर पुनले कृषि क्षेत्रलाई उद्योगको रुपमा स्थापित गर्नुपर्नेमा जोड दिएका छन् । संविधान निर्माण पछि मुलुक आर्थिक संबृद्धिको दिशामा अगाडि बढिरहेको सन्दर्भमा कृषि क्षेत्रलाई उद्योगको रुपमा अगाडि बढाउन सके मुलुकले फड्को मार्ने उनले बताए । पोखरामा शुक्रबारदेखि शुरु भएको राष्ट्रिय पोर्क महोत्सवको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले कृषि र पशुपालनलाई उद्योगको रुपमा बिकास गर्नतर्फ सरकार अग्रसर हुनुपर्नेमा जोड दिएका हुन् । युवाहरु कृषि पेशामा लालायित भइरहेको सन्दर्भमा सरकारले युवाहरुलाई लक्षित गरेर विभिन्न कार्यक्रम अघि बढाइहेको भएतापनि सहुलियत दरमा कर्जा प्रवाह गरी कृषि तथा पशुपालनलाई प्राथमिकता दिनुपर्ने पुनले बताए । को भनाइ रहेको थियो । कार्यक्रममा पशुपंक्षी विकास मन्त्री शान्ता मानवीले पशुपालक किसानका लागि उचित अनुदान सहित सरकारी राहत प्रदान गर्न तयार रहेको बताइन । कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले बंगुर पालनलाई व्यवसायीकरण गर्न सके यसबाट आत्मानिर्भर हुन सकिनेमा जोड दिएका थिए । बंगुर व्यवसायी संघ कास्कीका अध्यक्ष छ्याम थापाको सभापतित्वमा सम्पन्न समारोहमा सांसदहरु रविन्द्र अधिकारी र शारदा पौडेल, बंगुर ब्यवसायी संघ कास्कीका सल्लाहकार तथा पूर्व सभासद कृष्णबहादुर गुरुङ लगायतले आ आफ्नो भनाइ राखेका थिए । 
उक्त अवसरमा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार–२०७२ बाट सम्मानित कास्कीको रिठेपानीमा रहेको नेपालकै एकमात्र ठूलो बंगुर फार्म पोखरा लाइभस्टक प्रा.लि.को चिनारी रहेको बृत्तचित्र पौरखी पाइलाको उपराष्ट्रपति नन्द बहादुर पुनले विमोचन समेत गरेका थिए ।  चैत्र ७ गतेसम्म सञ्चालन हुने महोत्सवमा बंगुरको मासुबाट बन्ने विभिन्न परिकारहरु बंगुरको मःमः, चाउमिन, सेकुवा, ससेज, अचार विभिन्न विदेशी परिकारहरु चाइनिज र कोरियन परिकारहरुको स्वाद महोत्सवमा आउने दर्शकहरुले लिन पाउनेछन भने महोत्सवको प्रवेश टिकटमा दर्शकहरुले टिकट बरावरको कुनैपनि पोर्क आइटमको स्वाद लिन पाउने छन ।

Post a Comment

 
Top