0
गोल्डेन न्यूज संवाददाता
राप्रपा नेपाल कास्कीले शुक्रवार कास्की जिल्लाको क्षेत्र नं. २ अन्तर्गत पर्ने पोखरा उपमहानगरपालिकको वडा नं. १८ र १९ मा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।घरदैलो कार्यक्रममा पार्टी धौलागिरी संयोजक तथा केन्द्रीय सदस्य कुलबहादुर गुरुङ् कुलु, जिल्ला अध्यक्ष तथा पुन समाज नेपालको केन्द्रीय सदस्य जयलाल पुन, जिल्ला उपाध्यक्ष नेत्रबहादुर बस्नेत, पुर्व कोषाध्यक्ष परमेश्वर वस्ताकोटी, क्षेत्रीय अध्यक्ष गिता गुरुङ, जिल्ला सदस्यहरु शुशीला वाग्ले, जिल्ला सदस्य मोतिमान शाक्य, क्षेत्रीय सचिव तीथ सुवेदी लगायतको सहभागिता रहेको पार्टीका गण्डकी अञ्चल सचिव तथा राष्टिूय पत्रकार समाजका केन्द्रीय अध्यक्ष सूर्य बाँस्तोलाले जानकारी दिए ।सो अवसरमा वडा नं. १८ को मझेरीपाटनमा चैत १ गते विहान ८ बजे र वडा नंं. १९ को चैत छ गते विहान ८ बजे लामाचौरमा वडा भेला तथा नयाँ कार्यसमिति चयन गर्ने कार्यक्रम गर्ने भएकाले उक्त कार्यक्रममा आउन सबैलाई निमन्त्रणा दिईएको थियो । घरदैलो कार्यक्रममा धौलागिरी संयोजक कुलबहादुर गुरुङ्ग, जिल्ला अध्यक्ष जयलाल पुन लगायतले बोलेका थिए ।















Post a Comment

 
Top