0
गोल्डेन न्यूज संवाददाता
धनगढीमा जारी सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग भाग ३ अन्र्तगत छैठौ दिनको पहिलो खेलमा हसनपुर रोयल्सलाई क्याम्पसरोडलाई ४ विकेटले पराजित पार्दै दोस्रो जित दर्ता गरेको छ । दास्रो जित दर्ता गर्दै क्याम्पसरोड अंक तालिकामा ४ अंकका साथ दोस्रो स्थानमा उक्लेको छ । आजै भएको दास्रो खेलमा सन्तोषी टोलसँग ६ विकेटले पराजय भोगे पनि चौराहाको क्याम्पसरोड भन्दा नेट रनरेट केही राम्रो छ । त्यस्तै दोस्रो खेलमा चौराहालाई पराजित पारेको सन्तोषी टोल तेस्रो स्थानमा उक्लिएको छ भने क्याम्पसरोड सँग पराजयसँगै बेहोरेको हसनपुर चौथो स्थानमा छ । 
टस हारेर पहिले ब्याटिंगमा उत्रेको हसनपुर रोयल्सले १७.१ ओभरमा सवै विकेट गुमाएर ४८ रन मात्र बनाउँन सक्यो । हसनपुरका लागी विनोद लामाले ११ अंक बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । हसनपुरका लागि भिम सार्कीले ९ रन बनाए भने निकै आशा गरिएका विष्फोटक ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरीले ७ रन मात्र बनाउँन सके । 
बलिंगमा निकै मजबुद देखिएको क्याम्पसरोडका म्यान अफ द म्याच ललित सिंह भण्डारीले ४ ओभरमा २ मेडन राख्दै ५ रन दिएर ५ रन मात्र दिए । त्यस्तै चन्द्र सावँदले आफ्नो ४ ओभरको स्पेलमा ९ रन दिएर १ विकेट लिए भने सागर भण्डारी र सन्तोष भट्टले समान २ विकेट लिए । 
जवाफी ब्याटिंगमा क्याम्पसरोडले १४.१ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेटायो । अमर धानुकले १६ रन बनाउँदा सन्तोष भट्टले नटआउट १४ रन बनाउँदै टीमलाई जित दिलाए । बलिंगमा हसनपुरका विनोद लामाले ३ ओभरमा ७ रन मात्रै दिएर २ विकेट लिए भने १ ओभर मेडन राखे । त्यस्तै दिपेन्द्र सिंह ऐरीले २ तथा कप्तान विक्रम ठगुन्नाले १ विकेट पाए । म्यान अफ द म्याच ललित सिंह भण्डारीले नगद ५ हजार सहित टूफी पाए । चौराहाका टीम सञ्चालक राजकुमार श्रेष्ठले उनलाई म्यान अफ द म्याच प्रदान गरे । त्यस्तै आजै भएको दोस्रो खेलमा चौराहालाई सन्तोषी टोल ६ विकेटले पराजित पारेको छ । टस जितेर पहिले ब्याटिंग गरेको चौराहाले १८.२ ओभरमा सवै विकेट गुमाएर ९६ रन बनायो । योगेन्द्र सिंह कार्कीले सर्वाधिक १९ रन बनाएको ईनिंगमा विपिन रावलले १३ रन बनाई साथ दिए । त्यस्तै सन्दिप जोराले १० रन जोडे । 
  म्यान अफ द म्याच युवा क्रिकेटर टेकेन्द्र बोहराले ४ ओभरमा १९ रन दिएर ३ विकेट लिदै चौराहालाई ठुलो स्कोर बनाउँनबाट रोके भने प्रकाश कार्कीले ३ तथा सुनिल धमला र अमित बुढाले समान २ विकेट लिए । 
जवाफी ब्याटिंगमा सन्तोषी टोललाई १७.५ ओभरमा ४ विकेटको क्षतिमा विजय रानाले चौका प्रहार गर्दै दोस्रो जित दिलाए । नटआउट रहेको ओपनर विजय रानाले ५४ बलमा ३ चौकार र १ छक्काको मदतले ३९ रनको पारी खेले । त्यस्तै अर्का ओपनर सुनिल धमलाले २९ रन बनाए । सन्तोषी टोलबाट नरेश बुढाऐर ३, रोशन अधिकारी र राजु रिजाल शुन्य रनमा पवेलियन फर्किए । 
चौराहाका सोनु तामांग एक्लैले ४ विकेट लिए पनि अन्य बलरहरुले विकेट गुमाउँदा चौराहाको अपराजित यात्रामा पुर्ण विराम लागेको हो । 
प्रतियोगितामा पर्सि (शनिवार) विहान हसनपुर रोयल्र्स र सिवाईसी अत्तरिया तथा दिउँसो क्याम्पस रोड र सन्तोषी टोल भिड्नेछन । 


Post a Comment

 
Top