0
गोल्डेन न्यूज संवाददाता
गत महिना भारतमा सम्पन्न १२ औं दक्षिण एशियाली खेलकुदमा कास्कीबाट सहभागी खेलाडीलाई शुक्रबार पोखरामा नगद सहित सम्मान गरिने भएको छ । पोखरा उपमहागनरपालिकाको तत्वाधान, क्षेत्रिय खेलकुद विकास समितिको संयोजन र कास्की जिल्ला खेलकुद विकास समितिको आयोजनामा सागमा पोखराबाट सहभागी ६ खेलाडि र  २ प्रशिक्षकलाई  जनहि नगद १० हजार रुपैयाँ, सम्मापनत्र सहित सम्मान गरिने कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिए । १२आंै सागमा फुटबलका हेमन गुरुङ र मनबहादुर गुरुङ सहभागी भएका थिए । फुटबलमा नेपाले स्वर्ण पदक जितेको थियो । त्यस्तै उसुमा पोखरेली खेलाडी झरना गुरुङ सहभागी हुदै रजत पदक जित्न सफल भएकी थिइन् भने भलिबलमा मन्जु गुरुङ, अरुणा शाही र मनिषा चौधरीले  सहभागी भएका थिए । भलिबलमा नेपाले कास्यपदक जितेको थियो । १२ औ सागमा  सहभागी उसुका प्रशिक्षक अरुण दत्त र भलिबल प्रशिक्षक कौशिला खत्रीलाई पनि सम्मान गरिने छ । पोखराबाट सागमा सहभागी भएर पदक जिताउन भूमिका खेलेका खेलाडीको हौसला थप्न सम्मान कार्यक्रम आयोजना गरिएको कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुले बताए ।पोखराको पार्दिस्थित पर्यटन बोर्डको हलमा आयोजना हुने कार्यक्रममा दुई वर्षपछि नेपालमा हुने १३ साग पोखरामा गर्ने बारे छलफल समेत हुने भएको छ । आगामी सार्क पोखरामा गर्न  पोखरा तयार छ भन्ने सन्देश दिने गरि यहाँ रहेका विभिन्न संघसंस्था, उद्योगी, पर्यटन ब्यवसायी, होटल संघ, पत्रकार, सुरक्षा निकाय लगायतलाई प्रमुखलाई कार्यक्रममा आमन्त्रण गरिएको कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङले जानकारी दिए । पोखरा साग खेलकुद गराउन सक्षम रहेको अहिले पोखरामा भैरहेको सार्क मन्त्रीस्तरीय बैठकले पनि पुष्टि गरेको छ, त्यसैले १३औं साग गर्ने बारे हामीले अहिल्यै देखि छलफल सुरु गर्न लागेका हौ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले बताए ।






Post a Comment

 
Top