0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १ नेपालको पोखरामा हुने चौथो कन्भेन्सनको तयारी तीव्र पारिएको छ । आगाम वैशाख ४ गते हुने कम्भेन्सनमा डिष्ट्रिक्ट अन्तर्गतका करिब ३ हजार लायन्स सदस्यहरु सहभागी हुने अनुमान गरिएको छ । 
डिष्ट्रिक्ट गभर्नर ध्रुवबहादुर थापाले गोल्डेन न्यूज दैनिकलाई दिएको जानकारी अनुसार कन्भेन्सनका लागि गठित विभिन्न ४६ वटा उप–समितिले आ–आफ्नो जिम्मेवारी अनुसारको कामलाई तीव्र  रुपमा अघि बढाएको प्रचार–प्रसार समितिका संयोजक एवं लायन्स क्लव अफ पोखरा पिससिटीका अध्यक्ष टंकराज अधिकारीले जानकारी दिए। यसपटकको कन्भेन्सनलाई पोखराको प्रवद्र्धन गर्ने माध्यमको रुपमा पनि लायन्सले उपयोग गर्ने भएको छ । जसका लागि महाधिवेशनको नारा नै ‘जाउँ है पोखरा, लायन्स महाधिवेशनमा’ भन्ने तय गरिएको छ । महाधिवेशन को कार्यक्रम पोखराको सभागृहमा गरिने भएकाले सभागृहलाई व्यवस्थित गर्ने काम शुरु गरिएको छ । सभागृहभित्र सहभागीहरु नअटाउने भएपछि सभागृह बाहिर अस्थायी टहरा निर्माण गरि भित्र भएका गतिविधि प्रोजेक्टर÷ लिडलाइट मार्फत बाहिर देखाउने व्यवस्था गरिने भएको छ । सभागृहभित्र पोखरा बाहिरबाट आउने पाहुनाहरुलाई बस्ने र स्थानीय सहभागीहरु हल बाहिर नै बस्ने व्यवस्था गरिने भएको छ । कन्भेन्सका लागि लायन्स क्लव अफ गोल्डेन चौतारीका अध्यक्ष दिनवन्धु पौडेल संयोजक र लायन्स क्लव अफ सेती गण्डकीकी अध्यक्ष सुचित्रा थापालाई सह–संयोजकको जिम्मेवारी दिइएको छ । कन्भेन्सन प्रचार–प्रसार समितिका सल्लाहकार दुर्गा प्रसाद हुमागाइँका अनुसार महाधिवेशन पूर्व हुने लायन्स ¥याली पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रबाट शुरु गरिने र महेन्द्रपुल, विपिचोक हुँदै न्यूरोडबाट सभागृहमा पुगेर कार्यक्रममा परिणत हुनेछ । यसअघिका महाधिवेशनमा पोखराको चिप्लेढुङ्गबाट ¥याली शुरु हुने गरेको थियो । 



Post a Comment

 
Top