0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लव अफ पोखरा अन्नपूर्णको शुक्रबार सम्पन्न अधिवेशनले आगामी वर्ष २०१६÷०१७ का लागि नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको अध्यक्षमा रविन्सन प्रजू, प्रथम उपाध्यक्षमा अर्जुन पोखरेल, द्वितीय उपाध्यक्षमा अमृत लालचन, तृतीय उपाध्यक्षमा दिनेश तुलाचन, सचिवमा सूर्य बराल र कोषाध्यक्षमा प्रदीप राजभण्डारी रहेका छन् । यसैगरी सह–सचिवमा दुर्गा जोजिजू, सह–कोषाध्यक्षमा जगदीश गुरुङ, टेमरमा विजय पाडेल, टेलट्वीस्टरमा ओमप्रसाद सुवेदी र सदस्यता निर्देशकमा विष्णुकुमार गुरुङ रहेको लायन्स सेवा केन्द्र पोखराका कार्यालय प्रमुख श्याम प्रसाद साँखीले गोल्डेन न्यूज दैनिकलाई बताए ।  मुख्य निर्वाचन आयुक्त यदुनाथ अधिकारी रहेको समितिले अधिवेशन सम्पन्न गरेको हो । अधिवेशनका अवसरमा नवनिर्वाचित अध्यक्ष रविन्सन प्रजू र पूर्व अध्यक्षद्वय कृष्णराज भण्डारी र ध्रुव श्रेष्ठले पोखराका लायन्स क्लवहरुमध्ये अग्रणी स्थानमा रहेको अन्नपूर्ण लायन्सले सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान दिएके बताएका थिए ।

Post a Comment

 
Top