0
गोरखा मिलन समाज पोखराले शनिबार विविध सांस्कृतिक कार्यक्रमहरुका साथ रक्तदान तथा वनभोज कार्यक्रम सम्पन्न गरेको छ । गोरखा मिलन समाजका अध्यक्ष सूर्य क्षेत्री, लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १ का रक्तदान संयोजक किशोर बराल र लायन्स क्लव अफ पोखरा डल्फिनका अध्यक्ष गोविन्दबहादुर शाहीले रक्तदाता देवेन्द्र धिताललाई संयुक्त रुपमा व्लड व्याग हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रममा ३४ जनाले रक्तदान गरेको सचिव तिलक तिवारीले बताए । कार्यक्रम गोरखा मिलन समाज र लायन्स क्लव अफ पोखरा डल्फिनद्वारा संयुक्त रुपमा आयोजना गरिएको थियो । ऋषि गिरीको संयोजकत्वमा सञ्चालित कार्यक्रममा पोखरामा रहेका गोरखा जिल्लावासीहरु र लायन्स क्लब अफ डल्फिन पोखराका सदस्यहरु को सहभागिता रहेको थियो । पोखरामा २०५७ सालदेखि समाजले नियमित रुपमा रक्तदान तथा पारिवारिक वनभोज सम्पन्न गर्दै आएको कार्यक्रम संयोजक ऋषि गिरीले जानकारी गराए । समाजले पोखरामा विविध लोककल्याणकारी कार्यक्रम हरुका साथै पोखरामा विभिन्न विषयमा उच्च शिक्षा अध्ययनरत गोरखा जिल्ला लगायत २६ जिल्लाका १५२ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिसकेको जनाएको छ । समाजका अध्यक्ष सूर्य क्षेत्रीले कार्यक्रमका सहभागी, रक्तदाता र सहयोगीहरु सबैलाई  धन्यवाद दिंदै आगामी वर्ष २०७३ वैशाख ११ गते बाँकी रहेका ४९ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई विभिन्न ५ शीर्षकका छात्रवृत्ति अन्तर्गत २५ लाख रुपैयाँ वितरण गरिने जानकारी गराएका थिए ।







Post a Comment

 
Top