0
एकीकृत नेकपा(माओवादी) र नेकपा(क्रान्तिकारी माओवादी)बीच आगामी चैतको पहिलो साताभित्र एकताको विषय टुङ्ग््याउने सहमति भएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, माओवादी अध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापाबीच बिहीबार राति पार्टी एकताको विषयलाई धेरै नलम्ब्याउने सहमति भएको हो । माओवादी केन्द्रीय स्कुल ब्युरोले ललितपुरको कुपन्डोलमा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रम समापनमा शक्रबार महासचिव थापाले कार्यकर्तालाई एमाओवादी सँग एकताका विषयमा निर्णय गर्न केही दिनभित्रै केन्द्रीय समितिको बैठक बस्न लागेको जानकारी दिए ।






Post a Comment

 
Top