0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लव अफ पोखरा सेन्ट्रल टाउनको आयोजना तथा हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग एवं आर्दश युवा क्लब बलाम बेल्टारीको व्यवस्थापनमा श्री कृष्ण गण्डकी–३, बलाम बेलटारी, स्याङ्जामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । शिविरमा ५ सय ५६ जनाको आँखा परीक्षण गरिएको थियो । परीक्षण गर्दा ३ सय ७१  जनालाई चेकजाँच गरी साधारण औषधि वितरण गरिएको क्लवले जनाएको छ। शिविरमा जाँच गरेका १७ जना मोतियाविन्दुका विरामीलाई निःशुल्क शल्यक्रिया गर्नका लागि क्लवको सहयोगमा पोखरा घारीपाटनमा रहेको हिमालय आँखा अस्पतालमा लगिएको छ । ८२ वर्षीय ज्येष्ठ नागरिक घन न्यौपानेलाई आँखा अस्पतालका डा. सुवास नेपालले प्रेस्किप्सन दिई शिविरको उद्घाटन गरेका थिए ।  क्लका अध्यक्ष फडिन्द्रराज शर्माको सभापतित्वमा भएको कार्यक्रममा डिष्ट्रिक्ट ३२५ बी १ नेपालका प्mेलोशिप चियरपर्सन एवं पूर्व अध्यक्ष दामु अधिकारी, कार्यक्रम संयोजक पुरुषोत्तम न्यौपाने, युवा क्लवका अध्यक्ष मिनप्रसाद न्यौपाने, जोन चियर पर्सन मदन प्रसाद द्वा, चन्द्र विक्रम अधिकारी, बुद्धिसागर खनाल, प्रेम क्षेत्री, सरोज रञ्जित, सत्यदेवी मा.वि.बलामका अध्यक्ष निर्मला अर्याल, लायन्स क्लवका निवर्तमान अध्यक्ष चण्डीप्रसाद अर्याल लगायतले आ–आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा शिव प्रसाद न्यौपानेलाई सम्मान गरिएको थियो ।

Post a Comment

 
Top