0
गोल्डेन न्यूज संवाददाता
उच्च शिक्षा अध्ययनका लागि बेलायत जान लागेको आफ्नो कर्मचारीलाई नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन पद्य नर्सिङ होमले बिदाई गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गरी युनियनले आफ्ना सदस्य सेविका आले मगरलाई बिदाई गरेको हो । कर्मचारी आले नर्सिङ होमको बच्चा वार्डमा कार्यरत थिइन । उक्त अवसरमा वोल्दै पद्य नर्सिङ होमका प्रवन्धक नरेन्द्र बाँस्तोलाले उच्च शिक्षा अध्ययनका लागि नर्सिङ होमबाट बिदाइ भएर वेलायत जान लागेको कर्मचारी आलेको उज्जवल भविष्यको कामना गर्दै आफूहरुले एक कुशल कर्मचारीलाई बिदाई गरिरहँदा निकै दुःखको अनुभव भएको बताए । बाँस्तोलाले आले नर्सिङ होमको निकै बफादार र कुशल कर्मचारी भएको र अध्ययनका लागि वेलायतमा रहँदा पनि आफ्नो संस्थाबाट गर्न सक्ने सहयोगलाई निरन्तरता दिने समेत बताए ।
त्यस्तै नर्सिङ होमका लेखा परिवेक्षक एलके शर्मा भट्टराईले नर्सिङ होमको बफादार कर्मचारीलाई मन नहुँदा–नहँुदा पनि बिदाई गर्नुपरेको बताउँदै उज्जवल भविष्यको कामना गरे । शर्माले पनि आफ्नो तर्फबाट हुन सक्ने सहयोग बेलायतमा रहेको बेला पनि जारी रहने बताए । कार्यक्रममा बिदाई भएर जान लागेकी कर्मचारी सेविका आलेले आफूले पद्य नर्सिङ होममा कार्यरत रहँदा धेरै कुराहरु सिक्न पाएको र अध्ययन पश्चात् पनि नेपालमानै सेवा गर्ने इच्छुक रहेको वताइन । अध्ययनको क्रममा बेलायतमा रहेतापनि पद्य नर्सिङ होमलाई सदैव रहने भन्दै आफ्नो तर्फबाट हुन सक्ने सहयोगलाई निरन्तरता दिने बताइन । युनियनका अध्यक्ष जितेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पद्यनर्सिङ होमका प्रशासन अधिकृत नरेश पौडेलले पनि बोलेका थिए भने कार्यक्रमको सञ्चालन सचिव कृष्ण आचार्यले गरेका थिए ।




Post a Comment

 
Top