0
मंगलवार बिहान झण्डै साढे १० बजे पोखराको पृथ्बी चोक नजिकनै रहेको शिवालय मार्ग स्थित सभ्यता मनि ट्रान्सफरमा तीन जना महिला कर्मचारी बसिरहेका थिए । सभ्यता गुरुङ काउण्टरको आडैमा पत्रिका पढिरहेकी थिइन् । रञ्जिता थापा र अर्चना गुरुङ काउण्टर भित्रै थिए । अन्य कुनै सेवाग्राही थिएनन् । सुनसरी धरानका प्रशान्त थापामगर भित्र छिरे र ढोकाको चुक्कुल लगाए । त्यसपछि उनले तीनै जनालाई एयरगन देखाउँदै भएका सबै रकम राखिदिन भन्दै झोला अघि सारे । उनीहरुले रकम झोलामा राखिदिए । थापामगरले तल झोलामा भएको रकम पनि राखिदिन भने । तर उनीहरुले अरु पैसा नभएको र यत्तिनै हो भनेपछि थापा मगरले तीनैजनाको मोवाईलबाट ब्याट्री निकाल्न लगाए । त्यसपछि ढोका खोलेर बाहिर निस्किएर । बाहिर रहेको बा२४प ४०७९ नम्बरको होण्डा यूनिकन वाइकमा वसे र स्टाट गरे तर भएन । तत्काल सभ्यता ढोकामा निस्किइन् र चिच्याइन् । थापा मगरलाई देखाउँदै उनले झोलामा पैसा भएको भन्दै चिच्याउन थालेपछि भाग्न खाजे । मोटरसाईकल छोडेर शिवालयचोक तिर भाग्दै गर्दा स्थानीय सबै मिलेर उनलाई समाते । भाग्दै गरेका थापामगरको झोला समात्न खोज्दा एयर एयरगन भूइँमा खस्यो । त्यसपछि नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरे । प्रहरी पुगेपछि उनीहरुले लुटेरालाई प्रहरीको जिम्मा लगाए । दुई बर्ष अघि चार लाख लुटिएपनि केहि पत्तो लागेन ः मंगलवार लुटिएको सभ्यता मनि ट्रान्सफर दुई बर्ष अघि पनि सोहि घरबाट लुटिएको थियो । अहिले मनि ट्रान्सफर रहेको घरकै माथिल्लो तलामा भएका बेला दुई बर्ष अघिको पुस १९ गते झण्डै चार लाख लुटेर एक जना फरार भएका थिए । त्यतिबेला मनि ट्रान्सफरमा कर्मचारी प्रनिता गुरुङ थिइन् । झण्डै साढे ४ बजेको समयमा मुख छोपेर आएका लुटेराले गुरुङलाई पेस्तोल देखाएर रकम लुटेका थिए । त्यतिवेला मनि ट्रान्सफरमा भएको सबै रकम लुटेर भाग्न खोज्दा भुईमा खसेपछि केहि रकम त्यसै छोडेर झण्डै साढे चार लाख सहित फरार भएका लुटेराको पहिचान हुन सकेन । घटनापछि प्रहरीलाई जानकारी गराएपनि अहिलेसम्म केहि खुल्न नसकेको सञ्चालकले बताएका छन् । मनि ट्रान्सफर दिपक कुमार गुरुङले सञ्चालन गरेको झण्डै १३ बर्ष भयो । ‘त्यतिबेला कालो टोपी, माक्स, ज्याकेट लगाएको मान्छे आएको थियो’ प्रनिताले दुई बर्ष अघिको घटना सम्झदै भनिन्–‘सबै रकम लुटेर मलाई कुर्सीमा मुख टेपले बन्द गरी गयो ।’ लुटेरा निस्किएपछि चिच्याएपनि त्यतिवेला कोहि नआएकाले भाग्न सफल भएको उनले बताइन् ।



Post a Comment

 
Top