0
गोल्डेन न्यूज संवाददाता
पोर्क महोत्सव स्थल पोखरा रंगशालामा सशस्त्र प्रहरीले सरसफाई गरेको छ । शुक्रबारदेखि शुरु हुने पोखरा महोत्सव स्थल रंगशालामा बिहीबार सशस्त्र प्रहरीले सरसफाइ गरेको हो । सशस्त्र प्रहरी तालिम महाविद्यालय लामापाटनका  प्रहरी निरीक्षक हरि सिंह बिष्टको नेतृत्वमा आएको टोलीले सरसफाइ गरेको हो । टोलीले रंगशालाको दुई नम्बर गेटदेखि महोत्सव स्थलसम्म रहेका फोहोर संकलन गर्नुका साथै बाटो वरपर रहेका ढुंगाहरु समेत हटाइएको थियो । त्यसैगरी महोत्सव स्थल परिसरमा रहेका झाडीहरु पन्छ्याई सफा बनाइएको थियो ।   कार्यक्रममा सशस्त्र प्रहरी तालिम महाविद्यालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कबिन्द्रमान श्रेष्ठको पनि उपस्थित रहेको थियो । चैत्र ५, ६ र ७ गते पोखरामा बंगुर ब्यवसायी संघ कास्कीको आयोजनामा पोर्क महोत्सव हँुदैछ । बंगुर ब्यवसायी किसान संगै बंगुरको मासुबाट बन्ने परिकारको प्रवद्र्धन गर्ने उद्देश्यका साथ पोखरामा नै पहिलो पटक आयोजना महोत्सवको आयोजना गर्न लागिएको हो ।




Post a Comment

 
Top