0
राजाराम पौडेल÷गोल्डेन
सुरुमा कुमार पुनलाई विश्वासनै थिएन कि लोकदोहोरी क्षेत्रमा लागेर प्रगति गर्न सकिन्छ भनेर । हुन त त्यतिबेला उनलाई सल्लाह सुझाव दिने कोहि भएनन् । रेडियोमा गीत बजेको सुन्दा आफ्नो आवाज पनि रेडियाबाट सुनाउन पाए भन्ने रहर उनमा थियो । तर गाउँमा बसेर सम्भव भएन । साँगीतिक क्षेत्रको बारेमा बुझ्ने व्यक्त्ति त्यहाँ थिएनन् । गाँउ छोडेर पोखरा अथवा काठमाडौँ पुग्ने साहस उनमा आएन ।  गाउँबाट उच्च शिक्षा अध्ययनका लागि बागलुङ पुगे । त्यहाँ पुगेर आफ्नो प्रतिभा राख्न थाले । त्यसैले त बागलुङमा आयोजना हुने चैते दशंै मेलामा तीन पटकसम्म उनको समूह प्रथम भयो । यहि मेलामा वरिष्ठ लोकदोहोरी गायक पुरुषोत्तम न्यौपानेलाई भेट्ने अवसर जुट्यो । उनको आवाज सुनेर न्यौपानेले तारिफ मात्र गरेनन््, पोखरा आउन साँगीतिक यात्रामा अगाडि बढ्न सुझाए पनि । न्यौपानेसंग फोन नम्बर आदान–प्रदान भयो । तर तत्काल पोखरा उनी आएनन् । प्रगति गर्न विदेशनै जानुपर्छ भन्दै सबै उनका युवा साथी विदेशिए । यसबाट कुमार पुन पनि अछुतो रहन सकेनन् । अनि हानिए थाइल्याण्डतिर । बेला–बेलामा नेपाल भने आइरहन्थे ।
बाल्यकालदेखिनै लोक संगीतप्रति कुमारको रुचि थियो ।  गाउँमा रोधी गायको सुन्ने र हेर्न गर्दागर्दै उनले गीत गाउन थालेका थिए । यसरी गीत सुनाउँदा पाएको सकारात्मक प्रतिक्रियालेनै उनी अगाडि बढ्न हौसिए । उनी गाउँमा मात्र सीमित भएनन् । विस्तारै गाउँभन्दा बाहिरका कार्यक्रममा सहभागिता जनाउन थाले । वि.स.२०५१ मा बाग्लुङ बुर्तिवाङमा भएको पूर्णिमा मेलामा आयोजित प्रतियोगितामा प्रथम भए उनी  । यसले उनमा उत्साह थपियो । हुन त यसअघिनै विभिन्न स्थानीय प्रतियोगीतामा भाग लिएर पुरस्कार जितेका थिए । स्कुलमा गीत सुनाउँदा शिक्षकले प्रशंसा गर्ने गरेकोले उनमा आत्मविश्वास बढेको थियो । ‘सरहरुले ठाउँमा यसको कोही हुन्थ्यो भने यस्ले केहि गर्न सक्छ भन्ने गर्नुहुन्थ्यो’ उनी सम्झन्छन् ।
थाइल्याण्डबाट वि.स. २०५७ नेपाल आउँदा उनी पोखरा आए । तत्कालै गीत रेर्कड गर्ने आँट उनले गरे । लय र शब्द पुरुषोत्तम न्यौपानले सिर्जना गरेको ‘घर मेरो म्याग्दी देविस्थान’ गीतमा आवाज भरेर नेपाली साँगीतिक क्षेत्रमा उनको डेब्यु त्यहि वर्ष भयो । गीत बजारमा त आएन । तर रेडियो नेपाल र भर्खरै पोखरामा खुलेका एफ.एम.बाट बज्न थाले । श्रोताको अनुरोध यो गीतको लागि आउन थाले । विभिन्न कार्यक्रममा उनले सुनाए पनि । फेरी थाइल्याण्ड गए ।
वि.स. २०५९ मा नेपाल आउँदा काठमाडौंको रिमा रेकडिङ स्टुडियोबाट दुई गीत रेर्कड गरे । जुन गीतहरु एल्बम ‘धानको बालैमा’ मार्फत बजारमा ल्याए् । एल्बममा समावेश ‘धानको बालैमा’ बोलको गीतमा लय र शब्द सिर्जना बुद्ध घर्ति गरेका थिए । आवाज कुमार पुन, निता पुन र मिना पुनले भरे । यहि एल्बमको ‘धरती धसुला’ सालैजु गीतमा शब्द र लय कुमार पुनको थियो । आवाजमा उनलाई निता पुन र मिना पुनले साथ दिएका थिए । गीत रेर्कड गरेर उनी अनि थाइल्याण्ड लागे । एक वर्षपछि मात्र यी गीत उनले सुनेका थिए ।
विदेशिने चलन गाउँमा भएकोले विदेशिनु परेको उनी बताउँछन् । गाउँमा युवाहरु घरमा नबस्ने । आर्थीक अवस्था सामान्य । त्यतिमात्र नभएर साँगीतिक क्षेत्रमा भविष्य उनले देखेनन् । ‘गीत गाएर मात्र जीवन धान्न सकिन्छ भन्ने लागेन’–उनले भने । अहिले साथीहरुले गरेको प्रगति देख्दा यहि बसेर पनि गर्न सकिने रहेछ भन्ने हुने गरेको उनी बताउँछन् । यो वीचमा रमेश विजी र पुरुषोत्तम न्यौपानेसँग कुरा भइरहन्थ्यो उनको । आउँदा भेट्ने गर्थे । समय मिल्दा कार्यक्रममा गीत गाउथे ।
तर लामो समयसम्म उनले साँगीतिक क्षेत्रमा समय दिएनन् । पुनः ११ वर्ष पछाडि साथीहरुको आग्रहमा वि.स. २०७० बाट उनको पुनःआगमन नेपाली लोकदोहोरी क्षेत्रमा भएको हो । रमेश विजिको शब्द र लयमा देवी घर्ती र कुमारको आवाजमा ‘लाग्छ डोरी उनको’ गीत रेर्कड स्थायी रेर्कडमा जुजु गुरुङको एरेन्जमा रेर्कड गराएर फेरी उनी थाइल्याण्ड फर्के । ३ महिनापछि नेपाल आएर गीतको मिक्सिङ गरे । शंकर विसीको निर्देशनमा भिडियो निर्माण गरेर बजारमा आएको थियो । यसबाट राम्रो प्रतिक्रिया पाए । यस्ले उनमा झनै उत्साह थपिदियो । ‘झल्को आउँछ निदरी आउँदैन’ २०७१ मा रमेश विजिको शब्द र लय देवी घर्ती र कुमारको आवाजमा आयो । यो वर्ष प्रेम सागर पौडेलको शब्द र लय तथा कुमार र कृष्ण परियार मा ‘जिन्दगी बगेको खोला’ गीत बजारमा आयो । ‘हैन अरुको’ २०७१ मा रमेश विजिको शब्द,सर्मीला गुरुङको लयमा कुमार र सर्मीलाले आवाज भरेका थिए । यी गीत मार्फत दर्शक श्रोताको मन उनले जिते ।
यसैगरी वि.स. २०७२ मा रिता थाको एल्बममा आवाज भरे । रमेश विजिको शब्द नारायण परियारको लमा रहेको यो गीतमा रिताले  उनलाई साथ दिएकी छन् । उनले प्रिति आलेको एल्बमको ‘बाबरी’ तथा तुलसा जिसीको एल्बमको ‘मोहनी’ मा आवाज भरेका छन् ।
लाल बहादुर पुनको लय र शब्दमा यानीमाया, ख्याली, सालैजो, भईच साइलो, ठाडोभाका समावेश गरेर भिजुअलसहित गीता पाइजा र कुमार पुनको आवाजमा एल्बम अब केहि समयमा बजारमा आँउदैछ । उनले नयाँ वर्षको अवसरमा आफ्नो नयाँ एल्बम निकाल्ने बताएका छन् । रमेश विजिको शब्द र लय सिर्जनामा ‘तल्तल मलाइ सुपारीको’ बोलको गीत उनको एकल आवाजमा रेर्कड भइसक्यो । अब अर्को गीत थपेर भिडियो सहित एल्बम रिलिज गर्ने योजना उनको छ ।
यतिबेला उनलाई  धेरै गीत गाउने अफर आउन थालेका छन् । ‘गीत गाउने अफर धैरै आएका छन्  तर चित्तबुझ्दो नभएर सबै गीतमा आवाज भरेको छैन’ उनले बताए । साँगीतिक यात्रामा थाइल्याण्ड, कम्बोडिया र भियतनाम जाने तयारीमा रहेका उनी यसअघि फान्स, बेल्जियम, हङकङ, सिँगापुर, मेलेसिया पुगेर आफ्नो प्रस्तुति सुनाइसकेका छन् । नेपालका झण्डै ३० जिल्लामा पुगेर आफ्नो प्रतिभा सुनाउन उनले भ्याएका छन् । थाइल्याण्डको पिआर भएका उनी अहिले पोखरा नयाँ गाउँमा बस्छन् । उनको थाइल्याण्डमा मसाज सेन्टर र साइबर छ भने पोखराको रिमझिम दोहोरी साँझमा लगानी छ । राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालको आजीवन सदस्य रहेका उनले विन्ध्यवासिनी अवार्ड २०७१ नव गायको अवार्ड पाएका थिए ।
कुमारको जन्म म्याग्दी देविस्थान–३ राजदाङमा बुबा कर्ण प्रसाद र आमा रनमाया पुनको तेस्रो सन्तानको रुपमा आजभन्दा झण्डै ४२ वर्ष अगाडि भएको हो । टिपिकल लोक भाका गाउन मनपराउने पुन हाल बजारमा आएका गीत प्रति असन्तुष्ट छन् । राम्रो गीत सिर्जना हुनको लागि सेन्सर बोर्ड आवश्यक हुने उनको भनाइ छ । ‘सेन्सरबोर्ड नहुँदा लापरवाही भयो ।’ उनी भन्छन् । गीतको अगाडि अश्लिल शब्द राखेर पब्लिसिटि गर्ने गरेको उनलाई पटक्कै मन पर्देन । ‘धेरै रेकडिङ स्टुडियोको स्थापना हुनुले जस्तो गीत पनि बजारमा आए ।’ उनले भने । अब भने निरन्तर साँगीतिक क्षेत्रमा लाग्ने सोच उनले बनाएका छन् । उनी अझैसम्मपनि थाइल्याण्ड आउने–जाने गर्छन् ।
प्रतिक्रियाका लागि ः
उयउमष्बचथ२नmबष्।िअयm














Post a Comment

 
Top