गोल्डेन न्यूज संवाददाता
तमु राष्ट्रिय मुक्ति मोर्चा, कास्कीको तेश्रो जिल्ला भेला सुक्रबार पोखरामा सम्पन्न भएको छ । मोर्चाका जिल्ला अध्यक्ष धर्म तमुको अध्यक्षता र मोर्चाका केन्द्रीय अध्यक्ष बखानसिंह तमुको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले धर्म तमुको संयोजकत्वमा ५१ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । भेलालाई सम्बोधन गर्दै मोर्चाका केन्द्रीय अध्यक्ष बखानसिंह तमुले तमु समुदायले पूर्णरुपमा राजनैतिक, सामाजिक, आर्थिक, सांस्कृतिक अधिकारप्राप्त नगर्दासम्म तमु मोर्चाको आन्दोलन जारी रहने स्पष्ट पारे । उनले नयाँ संविधानमा तमु मोर्चाले उठाउँदै आएका गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समानुपातिक, समावेशीता जस्ता एजेण्डाहरु समावेश भएपनि पहिचानसहितको तमुवान समावेश नभएकाले नयां संविधान अझै अपूर्ण भएको र त्यसलाई संशोधन गर्दै लैजानुपर्नेमा जोड दिए । त्यसैगरी भेलालाई सम्बोधन गर्दै एमाओवादी ४ नं. प्रदेशका ईन्चार्ज डिलाराम आचार्यले माओवादी आन्दोलन र उत्पीडित समुदायको आन्दोलनलाई एकाकार गरेर लैजानुपर्नेमा जोड दि । साथै उनले नयाँ संविधानमा संस्थागत भएका उपलब्धीहरुको रक्षा गर्दै थप अधिकारप्राप्तिको लागि सम्पूर्ण उत्पीडितहरु एकजुट हुनुपर्ने बताए । त्यसैगरी भेलामा मोर्चाका केन्द्रीय उपाध्यक्ष सोमति तमु, केन्द्रीय कोषाध्यक्ष धना तमु, एमाओवादी कास्की जिल्ला अध्यक्ष दिपक कोइराला, मोर्चाका केन्द्रीय सदस्य सु. इमान बहादुर तमु, एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघ, ४ नं. प्रदेश संयोजक मनहरी तिमिल्सिना, मोर्चाका केन्द्रीय सल्लाहकार लक्ष्मण तमु, अखिल नेपाल तमु मुक्ति मोर्चाका केन्द्रीय सचिवालय सदस्य लाल बहादुर तमु लगायतले बोलेका थिए । भेलाको सञ्चालन मोर्चाका जिल्ला सहसचिव तोरण तमुले गरेका थिए भने स्वागत उपाध्यक्ष शेर बहादुर तमुले गरेका थिए ।
Post a Comment