गोल्डेन न्यूज संवाददाता
ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र पोखराको आयोजनमा सकारात्मक सोचको कला र राजयोग मेडिटेसन विषयक प्रशिक्षण शुक्रबार सम्पन्न भयो । विद्यार्थीहरुमा सहनशीलता, धैयाता, अहिंसा, आत्मबल जस्ता नैतिक मुल्यहरुको विकास गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन्छ । मनको शक्ति, सकारात्मक उर्जा, विचार शक्तिको विषयमा प्रशिक्षण दिंदै ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र दमौलीका राजयोग प्रशिक्षक ब्रह्माकुमार राजु खड्काले मानवको मन अथाह शक्तिको भण्डार भएको हुँदा यस मनलाई भरपूर्ण सकारात्मक दिशा तिरा लैजान सकेमा मानव जीवन सफल र सुखद हुने बताए । कार्यक्रममा नेशनल वेभ एजुकेशन एकेडेमी पोखराका प्रवन्धक विजय अधिकारी र ब्रह्माकुमारी रमाले पनि बोलेका थिए ।
प्रशिक्षणमा विभिन्न विद्यालय बाट एसएलसीको तैयारीका लागि नेशनल वेभ एजुकेशन एकेडेमी रहेका ९५ जना विद्यार्थीहरुको सभागिता रहेको थियो ।
Post a Comment