0
पोखरा उपमहानगरपालिकाका कार्यकारी प्रमुख झलकराम अधिकारीले थपिएका नयां वडाहरुको भौतिक संरचना निर्माणका लागि पोखरा उप–महानगरपालिका केन्द्रित भएको बताएका छन् । काहुंकोट देउराली मन्दिर तथा धरहरा संरक्षण समितिको प्रथम साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै उप–महानगरका कार्यकारी प्रमुख अधिकारीले हालै सम्पन्न नगर परिषदले थपिएका प्रत्येक वडालाई डेढ करोड रुपैयाँंको दरले अनुदान दिने निर्णय गरिएको जानकारी दिएका छन्। अधिकारीले पोखरा प्राकृतिकरुपले सिंगारिएको भएतापनि मानब निर्मित संरचनाहरु निर्माणमा अब सबै निकायको ध्यान केन्द्रित हुन जरुरी रहेको बताउँंदै अबको विकास गाउंबाट सुरु गरिनुपर्ने समेत आबश्यकता औंल्याए । काहुंकोट देउराली मन्दिर तथा धरहरा संरक्षण समितिका अध्यक्ष सुबेदार ईन्द्रबहादुर गुरुडको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा उप–महानगरपालिकाका प्रमुख इन्जिनियर शारदामोहन काफले, धर्मकाया बुद्ध मण्डला विकास तथा ब्यवस्थापन समितिका सचिव राजबहादुर गुरुड, मन्दिरका संरक्षक सदस्य लोक बहादुर गुरुड, नेपाली कांग्रेसका सभापति बोधराज घिमिरे, नेकपा एमाले अध्यक्ष रेशम बहादुर खत्री, राप्रपा नेपालका क्षेत्रीय अध्यक्ष गीता गुरुड, मन्दिर ब्यवस्थापन समितिका सचिव काशिराम लामिछाने र कोषाध्यक्ष सितादेबी लामिछाने लगायतले काहुंको विकासमा आ–आफनो स्थानबाट सक्रिय रहनुपर्ने बताएकका थिए । अधिवेशनले आगामी तीन बर्षका लागि सुबेदार इन्द्र बहादुर गुरुडको अध्यक्षतामा रहेको समितिलाई नै नयाँ कार्यसमितिको जिम्मेवारी दिने निर्णय गरेको छ ।





Post a Comment

 
Top