0
गोल्डेन न्यूज संवाददाता
पोखरा हार्डवयर एशोसियशन कास्कीमा आवद्ध हार्डवयर व्यवसायी हरुको टोली मलेसिया तथा चीनको व्यवसायिक अवलोकन भ्रमणका लागि मलेसिया प्रस्थान गरेको छ । संस्थाका अध्यक्ष प्रेम प्रसाद पौडेलको नेतृत्व गरेका छन् भने कार्यक्रम संयोजक उपाध्यक्ष राजेश कुमार गुप्ता रहेका छन् । टोलीमा २२ जना सदस्य रहेका छन् । भ्रमण टोलीमा  प्रेम प्रसाद पौडेल, योगेन्द्र प्रधान, अर्जना प्रधान, वेल कुमारी चापाई पराजुली, परमेश्वर आचार्य, सितादेवि आचार्य, राजेश कुमार गुप्ता, शैलेन्द्र मोहन भट्टराइ, शेषकान्त ढकाल, नवीन बानिया, चन्द्रप्रसाद अधिकारी, विरेन्द्र वहादुर अधिकारी, दिपक पोखरेल, शिवबहादुर कार्की, एक नारायण अधिकारी, दिपेन्द्र कार्की, अमृत गौतम, कृष्ण प्रसाद कोइराला, जव्वर वहादुर कुँवर, हर्षल विजुक्छे छन्। टोलीले मलेसियाको क्वालालम्पुर, चाइनाको वेइजिङ साङघाइ तथा ग्वाङजउ शहरको भ्रमण गर्नेछ । ग्वाङजउमा हुने हार्डवयर सम्बन्धी व्यवसायिक मेलामा पनि टोली सहभागी हुने बताइन्छ ।






Post a Comment

 
Top