0
गोल्डेन न्यूज संवाददाता
कास्की खसी तथा कुखुरा मासु व्यवसायी समितिममा आवद्ध व्यवसायीहरुले पोखरामा भरपर्दो विकल्प नभइ प्लाष्टिक प्रतिवन्ध नलगाउन आग्रह गरेको छ । पोखरा उप–महानगरपालिका कार्यालयले आगामी बैशाखदेखि पोखरामा प्लाष्टिक झोला तथा गिलास निषेध गर्ने तयारीस्वरुप पोखराका खसी तथा कुखरा मासु व्यावसायीहरुसंग गरेको अन्तत्र्रिmया कार्यक्रममा  उनीहरुले यस्तो जोड दिएका हुन् । कार्यक्रममा बोल्दै समितिका अध्यक्ष भोलानाथ ओझाले आफूहरुले लामो समयदेखि नगरपालिकासंग सहकार्य गर्दै आएको भएपनि विकल्प विनानै प्लाष्टिक निषेध गर्न लागेकोमा आपत्ति जनाए । उनले भने–‘नगरपालिकाले चालेको कदम सह्रानीय भएपनि उचित विकल्पको खोजीमा नगरपालिका संवेदनशिल भएन ।’ मासु व्यवसायीका लागि प्लाष्टिकको विकल्प हुन नसक्ने भन्दै अध्यक्ष ओझाले यसमा पुनःविचार गर्न नगरपालिकालाई आग्रह गरे । पोखरामा २० माइक्रोन भन्दा बढीको प्लाष्टिक प्रयोग गर्नका लागि सबैले प्रतिवद्धता जनाउनुपर्नेमा जोड दिंदै उनले प्लाष्टिक व्यवसायीहरु संग यस विषयमा छलफल गर्नुपर्नेमा जोड दिए । 
छलफल कार्यक्रममा समितिका वरिष्ठ उपाध्यक्ष गोविन्द तिवारी, सचिव ज्ञानहरि आचार्य, निवर्तमान अध्यक्ष प्रेमप्रसाद पौडेल, व्यवसायीहरु राजेन्द्र तिमिल्सिना, परशुराम तिवारी, विकल साही, कास्की कुखुरा सप्लायर्सका सचिव फौदासिंह भण्डारी, सह–सचिव अचेत भट्टराई लगायतले नगरपालिकाको कदम र व्यवसायीका समस्या बारे जिज्ञासा राखेका थिए । उनीहरुले अबको बहस प्लाष्टिक प्रयोगबाट हुने हानीहरुबारे भन्दापनि प्लाष्टिक प्रयोगको विकल्पवारे हुनुपर्नेमा जोड दिएका थिए । 
व्यवसायीका गुनासोका बारेमा प्रतिउत्तर दिंदै प्लाष्टिक झोला तथा गिलास निषेध अभियानका संयोजक बसन्त चालिसेले नगरपालिकाले शुरुवात गरेको यो अभियान कार्यान्वयन हुनेमा शंका नर्गन तथा आ–आफ्नो स्थानबाट सहयोग गर्न सवैमा आग्रह गरे । नगरपालिकाले पोखरामा प्लाष्टिक झोला तथा गिलास निषेध गर्नुपूर्व नै व्यावसायीहरुलाई विकल्प दिइने तथा यो एक अभियान मात्र नभइ कानून नै बनिसकेको हुँदा सो को पालना गर्नुको विकल्प नभएको बताए । 
नगरपालिका कार्यालयका वातावरण महाशाखा प्रमुख चन्द्र प्रसाद काफ्लेले पोखरामा कुनैपनि हालतमा प्लाष्टिक झोला तथा गिलास निषेध हुने भएकाले सो का लागि यहाँस्थित सम्पूर्ण व्यावसायी तथा उपभोक्ताहरु तयार रहनुपर्नेमा जोड दिए । वातावरण महाशाखा प्रमुख चन्द्रप्रसाद काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्लाष्टिक झोला तथा गिलास प्रयोगका हानीहरुवारे कार्यक्रमका फोकल पर्सन महेन्द्र गोदार, चन्द्रावती वाग्ले, वातावरण अधिकृत निर्मलमानसिंह भण्डारी लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।
पोखरा उप–महानगरपालिका कार्यालयले आगामी वैशाखदेखि पोखरामा प्लाष्टिक झोला तथा गिलास निषेध लगाउने घोषणा गरेको छ ।






Post a Comment

 
Top