गोल्डेन न्यूज संवाददाता
आलु गाँउको रुपमा चिनिएको पोखराको हेमजामा चैत्र २३ देखि सुरु हुने आलु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।
हेमजा लगायत आसपासका क्षेत्रलाई कृषि पर्यटन, सांस्कृतिक, व्यापार, खेलकूद, धार्मिक तथा अन्य क्षेत्रको रुपमा विकास गर्ने, कृषि सवलिकरणका लागि पर्यटन र जैविक विविधताको प्रचार–प्रसार गरि कृषि पर्यटन क्षेत्रको रुपमा विकास गर्ने, हेमजाको कृषि उत्पादन र विकासमा टेवा पु¥याउने, सामाजिक एकताका साथै स्थानीय युवालाई व्यवसायमा आकर्षित गराउने, विदेशिने युवा शक्तिलाई कृषि पर्यटनमा आकर्षित गराउने जस्ता उद्देश्य महोत्सवले राखेको छ ।
यसका साथै आलु उत्पादनको बजारी करण र प्रवद्र्धनका लागि गोष्ठी र अन्तक्र्रिया गर्ने, उपभोक्त र उत्पादकबीच प्रत्यक्ष सम्पक स्थापित गर्ने, कोल्ड स्टोर निर्माणमा पहल गर्ने र हेमजा स्थित पर्यटकीय क्षेत्र, वौद्ध गुम्वा, सेतीनदी, जिप प्mलायर, बन्जीजम्प, धार्मिक स्थलहरुको प्रचार–प्रसारमा टेवा पु¥याउने लक्ष्य पनि महोत्सवको छ । महोत्सवका लागि गठित १५१ सदस्यीय मूल आयोजक समिति, २१ सदस्य कार्य सम्पादन समिति तथा २२ वटा उप–समितिले आ–आफ्नो काम अन्तिम चरणमा पु¥याएको मूल आयोजक समितिका संयोजक रमेश कार्कीले जानकारी दिए ।
महोत्सवबाट १ लाख ५० हजार रुपैयाँ बचत गर्ने लक्ष्य आयोजकको छ । महोत्सवका लागि करिब २२ लाख रुपैयाँ खर्च हुने भएकाले प्रवेश टिकट, व्यानर प्रयोजन, रेष्टुरेन्ट तथा अन्य स्टल, बाल उद्यान र अन्य सहयोगी संस्थाहरुबाट उत्त रकम संकलन गरिने भएको छ । चैत्र ३० गतेसम्म महोत्सव संचालन हुने महोत्सवमा १२ वटा आलुका परिकारका स्टल, ५० वटा व्यवसायी स्टल, ३० वटा कृषि प्रविधि प्रदर्शनी एउटा प्राथमिक उपचार केन्द्र र एउटा सूचना केन्द्र रहने आयोजकले जनाएको छ । महोत्सवमको सातांै आलुको ठूलो पहाड निर्माण गरिनुको साथै आलुको विभिन्न परिकारहरु, ताजा तरकारी प्रदर्शन, वाल उद्यान, विविध साँस्कृतिक कार्यक्रम, लोकदोहोरी तथा साँगीतिक समूहको प्रस्तुति, स्थानीय भेषभूषा झल्कने साँस्कृतिक कार्यक्रम, नृत्य प्रतियोगिता जापानिज सुन्तलाको प्रदर्शनी, कृषि प्रदर्शनको अनुगमन, विभिन्न कृषि बीउ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनीहरु लगायत आकर्षणको रुपमा रहनेछन् ।
स्थानीय विष्णु पादुका क्लवको आयोजनामा हुने महोत्सवले हेमजालाई कृषि क्षेत्रको रुपमा परिचित गराउनुको साथै युवा युवतीलाई कृषि पेशामा आकर्षित गराउन सहयोग पुग्ने विश्वास लिइएको छ । महोत्सव सम्पन्न गर्न २३ लाख २६ हजार खर्च लाग्ने र सोही बराबरको आम्दानीको अपेक्षा गरिएको छ । एक बर्षअघि पोखरा उप–महानगरपालिका सँग गाभिएर वडा नम्बर २७ को रुपमा रहेको हेमजाको एक हजार ९७१ हेक्टर कुल क्षेत्रफल मध्य ६५० हेक्टरमा आलु खेती गरिन्छ । हेम्जाका एक हजार एक सय ५० घरपरिवार कृषिमा आधारित छन् भने ६५० कृषकले व्यवसायिक आलु खेती गर्दै आएका छन् । हेमजामा आलु सँगै काउली, गोलभेडाँ, च्याउ, धान, बन्दा, साथै अन्य कृषि जन्य उत्पादनहरु हँुदै आएका छन् ।
पत्रकार सम्मेलनमा जिल्ला कृषि विकास कार्यालय कास्कीका प्रमुख रमेश प्रसाद कोइराला लगायतले आलुको उत्पादनमा कमि आउन थालेकोले कृषकहरुले बढी उत्पादन दिने जातको आलु खेती गर्न सुझाव दिए ।
Post a Comment