0
करिब चार दशकदेखि पारिवारिक रुपमा चल्दै आएको बाजेको सेकुवामा तपाईं सीईओ हुनुभएको छ । पारिवारिक बिजनेसमा तपाईं व्यवस्थापक भएर आएपछि बाजेको सेकुवामा कस्तो परिवर्तन हुनेछ ?
म बाजेको सेकुवामा जागिरे भएर आएको होइन । बाजेको सेकुवाको म पनि स्टेक होल्डर हुँ । बाजेको सेकुवाको सब्सिडारिटी बाजेको भेइन्चर्स प्रालिमा म पनि पार्टनर छु । यस कम्पनीको मुख्य काम भनेकै बाजेको सेकुवा ब्रान्डको प्रवर्द्धन गर्ने र विस्तार गर्ने रहेको छ । चेतन भण्डारीसँग दुई वर्षअघि बाजेको सेकुवामै भेट भएको थियो । त्यो बेला बाजेको सेकुवाको देश–विदेशमा फ्रेन्चाइज विस्तार गर्ने कुरा भयो । अनि मैले फ्रेन्चाइज विस्तारमा मैले सहयोग गर्छु भनेपछि हाम्रो सहकार्य सुरु भएको हो । मलाई त्यतिबेला रेस्टुरेन्ट क्षेत्रबारे कुनै ज्ञान समेत थिएन ।
म बाजेको सेकुवालाई ‘नेक्स्ट लेभल’मा पु¥याउने उद्देश्यसहित आएको हुँ । चेतनजी र म मिलेर बाजेको सेकुवालाई नयाँ उचाइमा पु¥याउने हो । बाजेको सेकुवाको स्टोरी छ, ब्रान्ड पनि बनिसकेको छ । त्यो स्टोरी र ब्रान्डको स्टान्डर्ड अपरेटिङ प्रोसेस (एसओपी) बनाएर फ्रेन्चाइज मोडलबाट बाजेको सेकुवालाई देश–विदेशमा विस्तार गर्ने हो । हामी सकेसम्म फ्रेन्चाइज मोडलबाट आउटलेट विस्तार गर्छौं । कतिपय ठाउँमा हामी आफैँ ‘मदर ब्रान्च’ खोलेर त्यसैमार्फत फ्रेन्चाइज विस्तार गर्ने पनि योजना छ । हाम्रो ब्रान्ड छ, रेसिपी तयार भइसकेको छ । हामी आफैँले लगानी गर्ने होइन, यो ब्रान्डलाई फ्रेन्चाइज मोडलबाट विस्तार गरेर त्यसको रोयल्टी खाने हो ।
बाजेको सेकुवालाई ‘नेक्स्ट लेभल’मा लैजाने भन्नुभयो । तपाईंले भनेको ‘नेक्स्ट लेभल’ के हो ?
अहिले बाजेको सेकुवा स्थाीनय ब्रान्डमात्र बनेको छ । यसलाई ग्लोबल ब्रान्ड बनाउने हाम्रो लक्ष्य हो । नेपाली माटोमा बनेको ब्रान्डलाई ग्लोबल ब्रान्ड बनाउनु भनेकै ‘नेक्स्ट लेभल’ हो । हामी बाजेको सेकुवालाई देशभित्र मात्र होइन, विश्वभर पुर्रुयाउँछौं । बाजेको सेकुवालाई साउथ एसियन मुलुक, मध्यपूर्वी मुलुक, कतार, दुबई, युरोप, अस्ट्रेलिया तथा अमेरिकासम्म विस्तार गर्ने हो । नेपालका मुख्य सहरहरूमा फ्रेन्चाइज विस्तार गर्ने हाम्रो योजना छ । देशभित्र र देशबाहिर फ्रेन्चाइज विस्तार गर्ने मेरो मुख्य भूमिका काम हो । त्यसमा मैले लिड गरिरहेको छु । बाजेको सेकुवाको सब्सिडारिटी कम्पनीको काम पनि आउटले संसारभर फिँजाउने हो । हामीले नेपाली ब्रान्डलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउँछौं ।
विदेशमा बाजेको सेकुवाको पहिलो आउटलेट कुन देशमा खोल्ने योजना बनाउनु भएको छ ?
भूकम्पअघि हामीले अस्ट्रेलियामा पहिलो आउटलेट खोल्ने योजना बनाएका थियौं । त्यहाँको एक कम्पनीसँग सम्झौता समेत भइसकेको थियो । मकाउ पनि काम अगाडि बढिसकेको थियो । तर, भूकम्प गएपछि एक वर्षजति ‘पुस ब्याक’ भएका छौं । भूकम्प नगएको भए अहिलेसम्म अस्ट्रेलियामा बाजेको सेकुवा खोलिसकेका हुन्थ्यौं । अहिले हामीले हेरेको भारतको नयाँ दिल्लीमा हो । सायद मलाई लाग्छ, हाम्रो पहिलो आउटलेट दिल्लीमा खुल्नेछ । तर, यही समयमा भन्न सकिँदैन । अहिले एसओपी बनाउने काम भइरहेको छ । एसओपी तयार भएपछि ४÷५ महिनामै रेस्टुरेन्ट खोल्न सकिन्छ । अमेरिकाबाट पनि माग आइरहेको छ । त्यहाँ पनि हाम्रो ध्यान गइरहेको छ । हाम्रो नजिकको मार्केट भनेको भारत नै हो । मध्यपूर्वबाट पनि बाजेको सेकुवाको अत्यन्तै ठूलो माग आइरहेको छ । मलेसियाबाट माग आइरहेको छ ।
विदेशमा आउटलेट खोल्नका लागि कतिको चुनौती देख्नुभएको छ ?
देश बाहिर आउटलेट खोल्नका लागि सबैभन्दा पहिला बिजनेस प्रोसेस सजिलो हुनुपर्छ । रेस्टुरेन्टको हकमा मेनु सजिलो हुनुप¥यो, बनाउने तरिका सजिलो हुनुप¥यो, स्वादमा परिवर्तन हुनुभएन, क्वालिटी मेन्टेन गर्नुपर्छ । यी कुरा अपनाउन सकेमा विदेश जान सजिलो हुन्छ । बाजेको सेकुवाका खाना कसरी बनाउने भनेर तालिम दिनका लागि अहिले हामी एसओपी बनाइरहेका छौं। भोलि अस्ट्रेलियामा आउटलेट खोलियो भने नेपालबाट कर्मचारी लैजान सकिँदैन । केएफसी नेपाल आउँदा नेपाली सेफहरूले नै खाना बनाउँछन् ।
हामी पूर्ण रूपमा विस्वस्त छौं, बाजेको सेकुवा बाहिर विस्तार गर्न सकिन्छ । हाम्रो मुख्य तत्व भनेको बाजेको सेक्रेट मसला हो । त्यो मसला जहाँ पनि लैजान सकिन्छ । आलु, गोलभेडा र मासुु जुनसुकै ठाउँमा पाइन्छ ।
नेपालबाट लगानी बाहिर लैजान समस्या छ नि ?
यही भएर हामीले बाजेको सेकुवा फ्रेन्चाइज मोडलमा विस्तार गर्न लागेका हौं । हामीले ब्रान्ड र एसओपी दिन्छौं, त्यसको बदला रोयल्टी लिन्छौं । हामी आफैँ लगानी गर्ने पक्षमा पनि छैनौं । कतिपय देशमा हामीले लगानी गर्नुपर्रुयो भने जोइन्ट भेइन्चर्समा गर्छौं । त्यो मदर कम्पनी हुनेछ । त्यही मदर कम्पनीमार्फत फ्रेन्चाइज विस्तार गर्छौं । फ्रेन्चाइजमा लगानी अरुकै हुन्छ, स्वाद भने बाजेको सेकुवाको हुन्छ ।
तपाईंले भन्नुभयो, बाजेको सेकुवाको स्टोरी बनेको छ । नेपालमा यही स्टोरी बिकेको हो । स्टोरीलाई बाहिर बेच्दा कति मोडिफाई गर्नुहुन्छ ?
अहिले नै त्यो लेभलको अध्ययन भइसकेको छैन । बाजेको सेकुवा यसरी लोकप्रिय हुनुमा बाजेको सेक्रेट मसलाको कारण मात्र होइन । त्यो स्टोरी चाहिँ हो, रेस्टुरेन्टको एउटा पार्ट हो, तर मुख्य नभई सहायक मात्र हो । बाजेको सेकुवा यो अवस्थासम्म आइपुग्नुको मुख्य कारणमा यहाँ पस्किने स्वाद, गुणस्तर र सेवाले हो । यति भएपछि बल्ल ब्रान्ड बनेर बाजेसँग ठोकिन पुगेको हो । रेस्टुरेन्टको अमेजिङ स्टोरी त छ, तर खाना झुर भएमा त चल्दैन नि । म स्वादलाई बढी ध्यान दिन्छु । त्यो स्वाद कसरी आयो भन्ने कुरा मुख्य स्टोरी बन्न आउँछ । स्टोरीले ग्राहकलाई इन्ट्री गराउँछ, टेस्टले आकर्षण गर्छ ।
बाजेको सेकुवाको मुख्य स्ट्रेन्थ भनेकै अथेन्टिक नेपाली मटन बार्बी क्यु नै हो । यहाँको सेक्रेट भनेको मसला र सस हो । अरु बाँकी दोस्रो पाटा हुन् । जुनसुकै ठाउँमा जाने पनि यही लिएर हो । विदेशमा खोलिने आउटलेट केही हदसम्म ‘लोकलाइज’ त गर्नैपर्ने हुन्छ । अरु चेन रेस्टुरेन्टले गर्ने पनि यही हो । हामी यहाँबाट बाहिर खसी लैजान त सक्दैनौं । केएफसीले पनि यहीँ कुखुरा किन्ने गर्छ । उसले प्रयोग गर्ने मसला र सस भने मदर कम्पनीकै हो । हामीले पनि यहाँबाट लैजाने भनेको मसला र सस हो । कतिपय देशमा मसला कम हाल्नुपर्ला, कतिपय देशमा बढी हाल्नुपर्ला । त्यहाँका मानिसले मन पराउने स्वादअनुसार मसला र ससको प्रयोग गर्छौं ।
विदेशमा फ्रेन्चाइज विस्तार गर्दा अनुभवी व्यक्ति खोज्नुहुन्छ कि फ्रेस मान्छे भए पनि हुन्छ ?
हाम्रो प्राथमिकता रेस्टुरेन्टमा अनुभव प्राप्त कम्पनी वा व्यक्ति नै हुन्छन् । किनभने, तिनीहरूले रेस्टुरेन्ट व्यवसाय बुझेका हुन्छन् । तर, कहिलेकाहीँ रेस्टुरेन्ट लाइनमा भएको मान्छेको प्राथमिकता आफ्नै ब्रान्ड प्रमोट गर्ने पनि हुन्छ । त्यसो भएमा कुरा नमिल्न सक्छ । भारत नजिकै भएको कारण रेस्टुरेन्ट लाइनकै मान्छे नचाहिन सक्छ । त्यहाँ हामी आफैँ पुगेर पनि हेर्न सकिन्छ । अन्य मुलुकमा हामी सकेसम्म रेस्टुरेन्ट लाइनकै खोज्ने हो ।
तपाईंहरू कुन कम्पनीको मोडलसँग मिल्ने गरी फ्रेन्चाइज विस्तार गर्नुहुन्छ ?
यसको गृहकार्य हुन बाँकी छ । सम्भवतः हामी केएफसीको मोडलसँग मिल्ने गरी फ्रेन्चाइज विस्तार गर्छौं । केएफसीको साउथ एसियाका लागि इन्डियाले मास्टर फ्रेन्चाइज गर्छ । उनीहरूले साउथ एसियाका लागि अधिकार प्रत्यायोजन गरिसकेका छन् । नेपालमा देवयानीले पनि इन्डियाबाटै केएफसी ल्याएको हो, अमेरिकाबाट होइन । हाम्रो पनि यही मोडलमा विस्तार गर्ने योजना बनाएका छौं ।
नेपालमा कसरी फ्रेन्चाइज विस्तार गर्ने योजना बनाउनुभएको छ ?
हामी नेपालका प्रमुख सहरमा बाजेको सेकुवाका फ्रेन्चाइज विस्तार गर्ने योजना बनाएका छौं । म यहाँ आउनुअघि बाजेका सेकुवाका पाँच आउलेट थिए । म आइसकेपछि पाँचवटा फ्रेन्चाइज विस्तार गरिसकेका छौं ।
सिनामंगल, सोह्रखुट्टे, गैरीधारा, अनामनगर, बत्तीसपुतली बाजेको सेकुवाका आफ्नै आउटलेट हुन् । हामीले १८ महिना अगाडि पहिलो फ्रेन्चाइज खोल्यौं । त्यसपछि ललितपुरको सातदोबाटो, सुकेधारा, चितवन, लाजिम्पाटमा खोलियो । हाम्रो लक्ष्य हो, देशका प्रमुख सहरहरूमा बाजेको सेकुवा पु¥याउने । अहिले हामी सबै ठाउँमा काठमाडौंमा रहेको मदर किचनबाट सेकुवा र मम मोलेर पठाइरहेका छौं । भोलि हामी देशभर विस्तार हुँदा काठमाडौंबाट पुग्न सहज नहुन सक्छ । यसका लागि हामीले क्षेत्रीय स्तरमा सानो मदर किचन खोलेर त्यसमार्फत फ्रेन्चाइज विस्तार गर्छौं । जस्तै, चितवनमा सानो मदर किचन खोलेर तीनरचार जिल्ला हेर्न सकिन्छ । पूर्वी नेपाल र पश्चिम नेपालमा जाँदा पनि पायक पर्ने ठाउँमा मदर किचन खोलेर फ्रेन्चाइज विस्तार गर्ने हो । 
बाजेको सेकुवाको मुख्य खाना मटन बार्बिक्यु हो । पछिल्लो समय सेकुवामा कार्बनको कुरा उठिरहेको छ । एक प्लेट सेकुवा खानु र २० वटा चुरोट खानु बराबर भएको बताइन्छ । त्यसमाथि रातो मासु पनि खान हुँदैन भन्ने कुरा उठिरहेको छ । बाजेको सेकुवा कति स्वस्थकर छ ?
यस्ता कुरा सधैँ आउने गर्छन् । तर, यसले रोक्दैन । रक्सी खानु हानिकारक होइन, धेरै खानु हानिकारक हो । मटन बार्बिक्युको हकमा पनि यही लागू हुन्छ । कतिपय ठाउँमा खसीको मासु स्वस्थ भन्छन्, कतिपय ठाउँमा यसलाई अस्वस्थ भन्छन् । बार्बिक्युबाट क्यान्सर हुने होइन । मासु राम्रोसँग पोलिएन भने मात्र अलिअलि असर गर्न सक्छ । हामीले कति समयसम्म मासु पोलेका छौं भन्ने कुरा मुख्य हुन आउँछ । हामीले यस विषयमा मुख्य ध्यान दिएका छौं । यही क्वालिटी मेन्टेन गर्नका लागि कति समय मासु पोल्ने, कहाँबाट दाउरा ल्याउने, कसरी पोल्ने भनेर एसओपी बनाइरहेका छौं ।
अहिले नयाँ–नयाँ प्रविधि आइरहेका छन् । भोलि इलेक्ट्रिकबाट पनि मासु पोल्न सुरु गरौंला । यसका लागि धेरै अप्सन रहेका छन् । हामी उपभोक्ताको स्वास्थ्यप्रति निकै सजग छौं । बार्बिक्युलाई स्वस्थ बनाउन हामीले मुख्य ध्यान दिन्छौं ।
तपाईंले नेपालको रेस्टुरेन्टमा दुई वर्ष काम गरिसक्नुभयो । रेस्टुरेन्टमा ‘रेट अफ रिटर्न’ कस्तो छ ?
यो क्षेत्रमा गुणस्तर र मूल्य मेन्टेन गर्न सकियो भने राम्रो रिटर्न पाउन सकिन्छ । मूल्य नियन्त्रण गर्न नसकेमा ‘डिजास्टर’ नै हुन्छ । रेस्टुरेन्ट क्षेत्रमा ‘फुड कस्ट’ एकदमै ठूलो चुनौती हो । यति गर्न सकेमा रेस्टुरेन्ट धेरै ‘सर्ट पे ब्याक पिरियड’ भएको क्षेत्र हो । पछिल्लो समय नेपालमा रेस्टुरेन्ट डाइनिङ कल्चर बढिरहेको छ । मानिस व्यस्त भएसँगै रेस्टुरेन्ट धाउने संस्कृति बढेको हो । दम्पती रेस्टुरेन्ट गएर खानु, साथीसँग रेस्टुरेन्टमा चिया खानु आवश्यक भइसक्यो । त्यसो हुँदा नेपालमा रेस्टुरेन्टको राम्रो भविष्य छ । बाजेको सेकुवामा सेकुवा पोल्ने मान्छे धेरै भव्य हुँदैन । एकदमै चिपेस्ट मान्छेले सेकुवा पोल्छ, त्यसले नै सबैभन्दा बढी बिजनेस दिन्छ । चिपेस्ट मान्छेले मःमः बनाउँछ, त्यसले नै सबैभन्दा बढी बिजनेस गरिदिन्छ । यसले रेस्टुरेन्टको लागत घटाउन सहयोग पुग्छ । हाम्रोमा मःमः र सेकुवा बनाउन धेरै सिकेर, पढेर आउनुपर्दैन । ५÷७ दिनमै बनाउन जानिन्छ । रेस्टुरेन्टमा सञ्चालन खर्च कम गर्न सकियो, मूल्य नियन्त्रण गर्न सकियो, सेवा र गुणस्तर उच्च दिन सकियो भने राम्रो ‘रेट अफ रिटर्न’ पाउन सकिन्छ ।
तपाईंले भनेको जस्तै गुणस्तरीय खाना र सेवा फ्रेन्चाइजमा पनि मेन्टेन गर्न सकिन्छ त ?
त्यही भएर हामीले बाजेको सेकुवाको एसओपी बनाइरहेका छौं । हाम्रो सिग्नेचर आइटम सबैको एसओपी बन्छ । हामी धेरै वस्तु मदर किचनबाट आफैँ सप्लाई गर्ने हुँदा ९५ प्रतिशत गुणस्तर त्यहीँ नियन्त्रण हुन्छ । एसओपीअनुसार खाना बनाउँदा बाजेको सेकुवाको गुणस्तर मेन्टेन हुनेछ । सेकुवा र मःमः फ्रेन्चाइजलाई नै बनाउन दिएमा आफ्नै तरिकाले बनाउँथे होला । तर, हामी यहीँबाट मसलामा मोलेर पठाउँछौं । हाम्रो रेस्टुरेन्टमा चाउमिन कस्तो बनाउँछ, हाम्रो इन्ट्रेस्टको विषय होइन । सेकुवा, मःमः, मसला र सस हाम्रो इन्ट्रेस्टको विषय हो ।

Post a Comment

 
Top