0
दादुरा रोग र उपचार

दादुरा(ःभबकभिक) बिषाणु (ख्ष्चगक) बाट हुने अतिसंक्रामक रोग हो । सन् २००१ मा संसारभरी अनुमान गरेअनुसार करिव ३ करोड बालबालिकाहरूमा दादुरा रोग देखापरेको थियो । ती मध्ये ७ लाख ४५,००० बालबालिकाहरू को यस रोगका कारण मृत्यु भएको थियो । खोपबाट बचाउन सकिने रोगहरू मध्ये दादुरा रोगले बालबालिकाहरूको बढी मृत्यु गराउँछ । दादुरा अतिसंक्रामक रोग भएकोले यस रोगले महामारी गराउन सक्दछ। खास गरेर यस रोगले कुपोषित बच्चाहरूको बढी मृत्यु गराउँछ । दादुरा रोग लागेका बालबालिकाहरूलाई पोषिलो खाना र झोलिलो खाने कुरा जरुरी हुन्छ । कान पाक्ने र कडा श्वास–प्रश्वास रोगको उपचारको लागि मात्र प्रतिजैविक 
(बलतष्दष्यतष्अक) औषधी दिनुपर्दछ । बिरामीलाई खान र झोलिलो पदार्थ पिउन प्रोत्साहित गर्नुपर्दछ । विकासोन्मुख मुलुकहरूमा दादुरा रोगको निदान भइसकेका बालबालिकाहरूलाई २४ घण्टाको फरकमा २ मात्रा पूरक भिटामिन ए क्याप्सुल खुवाउनुपर्दछ । पूरक भिटामिन ए ले दादुरा रोगबाट मृत्यु हुने संख्यालाई ५० प्रतिशतले घटाउनुका साथै आँखा विग्रन र अन्धोपन हुनबाट बचाउँछ ।
यस्तै, दादुरा भाइरसको कारणले दादुरा हुन्छ र यो हावा, छिटा वा संक्रमित व्यक्तिको नाक वा घाँटीको स्रावसँग प्रत्यक्ष सम्पर्क गर्नाले र कम मात्रामा, नाक र घाँटीको स्रावले दूषित बनेका वस्तुहरूबाट फैलिन्छ। यसबाट ग्रसित व्यक्तिहरूलाई शुरूमा थकान, ज्वरो, खोकी, रातो आँखा र मुख भित्र सेतो दागहरू देखिन्छन्। यसको घ(ठ दिनहरू पछि रातो टाटो सहित छालामा खटिरा देखा पर्छ।  यो खटिरा प्राय अनुहारबाट शुरू भएर तल शरीरमा फैलिन्दै जान्छ। जटिल मामिलाहरूमा, मध्य कान, फोक्सो र मस्तिष्कमा पनि समस्या देखिन सक्छ र गम्भीर परिणाम वा मृत्यु पनि हुन सक्छ।
दादुरा रोगका चिन्ह र लक्षणहरू
दादुरा रोगको पहिलो लक्ष्यण उच्च ज्वरो आउनु हो । रोगीसँग सम्पर्क भएको १०–१२ दिन पछि ज्वरो आउँछ । यो समयमा रोगीको नाकबाट पानी बग्ने, खोकी लाग्ने, आखाँ रातो हुने वा आँशु बग्ने र रोगीको गालाको भित्रीभागमा मसिना सेतो दाग (प्यउष्अिप कउयत) देखापर्दछन् । केही दिनपछि मुख तथा माथिल्लो गर्दनको भागमा केही उठेका विमिरा (च्बकज) देखापर्दछन् । यी विमिरा करिव ३ दिनभित्र छाती, पेट, हात तथा खुट्टामा फैलिन्छन् । यी विमिरा ५, ६ दिन सम्म रहिरहन्छन् र त्यसपछि क्रमशः हराएर जान्छन् । सामान्यतया यो रोगको जिवाणु शरीरमा प्रवेश गरीसकेपछि यसको लक्षण देखिन १४ दिन (घटीमा ७ दिन र बढीमा १८ दिनसम्म) लाग्दछ 
दादुरा कसरी सर्दछ 
दादुरा रोग रोगीको नाक तथा घाँटी बाट निस्किने तरल पदार्थको सम्पर्कमा आँउदा, हाच्छ्यूँ गर्दा, र खोक्दा यसका विषाणु हावामा फैलिन्छन् र यो रोग सर्ने गर्दछ । ड्ड दादुरा रोगको लक्षण देखिनु भन्दा अगाडि तथा लक्षण देखिइसकेपछि पनि धेरै दिनसम्म यो रोगको रोगीले दादुराका विषाणु सार्दछ । यो रोग बालबालिकाहरू समूहमा जम्मा हुने या भिड हुने स्थानहरूमा सजिलैसँग एकअर्कामा सर्न सक्दछ, जस्तैः विद्यालय, अस्पताल आदि ।
दादुरा रोगका जटीलताहरू
खोप नपाएका ५ वर्षमुनिका बालबालिकाहरू, विशेषगरी १ वर्षमुनिका शिशुहरू दादुराको जटिलताको जोखिममा पर्नुका साथै मृत्यु समेत हुनसक्छ् । दादुराबाट संक्रमित शिशुहरूमा कडाखालको झाडा लागेर जल वियोजन हुन जान्छ । बालबालिकाहरूमा कान पाक्ने 
(इतष्तष्क ःभमष्ब) तथा कडा खालको श्वास प्रश्वासको संक्रमण (निमोनिया) हुन जान्छ । दादुरा रोग लागेर मृत्यु हुने कारण धेरै जसो निमोनिया हो । दादुराको विषाणुले प्रतिरोधात्मक क्षमतालाई कमजोर पारिदिने भएकोले यस्तो भएको हो । निमोनिया दादुराको विषाणुले वा अन्य जिवाणुको संक्रमणबाट हुने गर्दछ । दादुराको कारणबाट कहिले काँहि मस्तिष्कमा कडा खालको सुजन 
(ष्लाबिmmबतष्यल) भई मस्तिष्क ज्वरो 
(भलअभउजबष्तिष्क) पनि आउन सक्दछ । कडा खालको दादुरा रोग विशेषगरी कुपोषित, चाहिने मात्रामा भिटामिन ए नपाएका, ज्क्ष्ख्र ब्क्ष्म्क् र अन्य रोगका कारणबाट प्रतिरोधात्मक क्षमता कमजोर भएका र धेरै जना परिवार संख्या भएका ठाउँमा हुर्केका बालबालिकालाई लाग्दछ । अफ्रिका महादेश तथा बर्षैभरि दादुरा देखिने विश्वका अन्य मुलुकमा अन्धोपनको मुख्य कारण नै दादुरा रोग हो । एकपटक दादुरा रोग लागिसकेपछि निको भएका बालबालिकाहरूलाई जीवनभर दादुरा रोग विरुद्धको प्रतिरोधात्मक क्षमता विकास हुन्छ ।
दादुरा रोगको उपचार
दादुरा रोग लागेका बालबालिकाहरू लाई पोषिलो खाना र झोलिलो खाने कुरा जरुरी हुन्छ । कान पाक्ने र कडा श्वास–प्रश्वास रोगको उपचारको लागि मात्र प्रतिजैविक (बलतष्दष्यतष्अक) औषधि दिनुपर्दछ । बिरामीलाई खान र झोलिलो पदार्थ पिउन प्रोत्साहित गर्नुपर्दछ । विकासोन्मुख मुलुकहरूमा दादुरा रोगको निदान भइसकेका बालबालिकाहरू लाई २४ घण्टाको फरकमा २ मात्रा पूरक भिटामिन ए क्याप्सुल खुवाउनुपर्दछ । पूरक भिटामिन ए ले दादुरा रोगबाट मृत्यु हुने संख्यालाई ५० प्रतिशतले घटाउनुका साथै आँखा विग्रन र अन्धोपन हुनबाट बचाउँछ ।
दादुरा रोग विरुद्ध लगाइने खोपले दादुरा रोगबाट बचाउन सकिन्छ । दादुरा रोग अतिसंक्रमित रोग भएकोले यस रोगको प्रतिरोधात्मक क्षमता कम भएका बालबलिका रोगीको सम्पर्कमा आएमा दादुरा रोगबाट संक्रमित हुन्छन् । अस्पतालमा दादुरा रोग सर्ने खतरालाई न्यूनीकरण गर्न अस्पतालमा भर्ना भएका तथा दादुरा विरुद्ध खोप नलिएका लक्षित समुहका बालबालिकाहरूलाई दादुरा रोग विरुद्ध खोप दिनुपर्दछ । त्यस्ता बालबालिकाहरूका बाबु–आमालाई आफ्ना बाल बालिकाहरूले खोप पाएको थाहा नभएमा पनि दादुरा विरुद्ध खोप दिनुपर्दछ । बालबालिकालाई दादुरा र रुबेलाविरुद्ध दिइने एमआर र क्षयरोगविरुद्धको बीसीजी खोप देशब्यापी अभाव भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत खोप तथा औषधी उपकरण खरिद गर्ने आपूर्ति ब्यवस्था महाशाखाले समयमै टेण्डर गर्न नसक्दा बालबालिकाको जीवनसँग जोडिएका महत्वपूर्ण खोप डेढ महिनादेखि अभाव भएको नागरिक दैनिकमा खबर छ । यी रोग बालमृृत्युका प्रमुख कारण मानिन्छ । महाशाखाले बालबालिकालार्य नियमित चाहिने बीसीजी खोप दुईवर्षदेखि किन्न सकेको छैन । एमआर खोप पनि गत वर्ष विशेष निर्णय गरेर खरिद गरिएको थियो । तल्लो तहमा रहेका क्लिनिक तथा ठूला अस्पतालले खोप अभाव भएको गुनासो गरिरहेका छन् । ‘खोप लगाउन स्वास्थ्य चौकी जानेहरु त्यसै फर्किरहेका छन्,’ बालस्वास्थ्य महाशाखाका एक अधिकारीले भने, ‘तत्काल खोप लगाउन पर्नेहरुको पनि अभावका कारण म्याद गुज्रिरहेको छ । एक पटक खोप नपाएर फर्किनुपरेपछि फेरि आउने दर कम हुन्छ ।’



औलो र यसबाट बच्ने उपायहरु


सामान्य तया मलेरिया भनेर चिनिने यो रोग प्लाज्मोडियम नामक परजिवीका विभिन्न जातहरुवाट हुने गर्दछ। प्लाज्मोडियम भाइवेक्स,प्लाज्मोडियम मलेरि, प्लाज्मोडियम ओभेल र प्लाज्मोडियम फाल्सिपारम गरी चार जातका परजिवीहरु वाट यो रोग लाग्ने गर्दछ। साधरणतया नेपालमा प्लाजमोडियम भाइभेक्स र प्लाज्मोडियम फाल्सीफारम गरी दुई जातका परजिबीहरु पाइन्छ। प्लाज्मोडियम फाल्सीफारम जातको औलोले मानिसको मस्तिष्कमा समेत आक्रमण गर्न सक्ने हुनाले मानिसको ज्यान छिटो लिने गर्दछ । एनोफिलिज जातको पोथी लामखुट्टेले स्वास्थ्य मानिसमा टोक्दा मलरियाका परजिवीहरु सर्ने गर्दछन। मानिसको शरीरमा प्रवेश गरेपछी कलेजो र राता रक्तकोषहरुमा विकाश भई हुर्किएका परजीविहरु रगतको माध्यमवाट शरीर भरी फैलिएर विभिन्न किसिममा लक्षणहरु देखा पर्दछन। वेलामा नै सही निदान र उपचार नभए मा छोटो समय मै ज्यान लिन सक्ने रोग हो ।
 अहिले पनि औलोका कारण मर्नेहरुको संख्या वार्षिक करिब ६ लाख ६० हजारको हाराहारीमा छ भने रोगद्वारा संक्रमित हुनेहरुको संख्या २१९ मिलियनभन्दा ज्यादा छ। एसिया, अमेरिका र उप–सहारा अफ्रिका क्षेत्रमा मूल जरो गाडेको यो रोगको महामारीय चपेटामा विश्वका झण्डै १ सय ९ देश पर्छन्, जसमध्ये ४५ वटा देशमात्र अफ्रिकाका हुन्। मलेरिया संक्रमणले हुने मृत्युको ८० देखि ९० प्रतिशत हिस्साको भागिदार पनि अफ्रिकीहरु नै हुन्, जहाँ हरेक ३५ सेकेन्डमा एक जनाले मलेरियाका कारण ज्यान गुमाउँछ।
औलोसँग सम्बन्धित यिनै काहालीलाग्दो तथ्याङ्कबीच रहेर विश्व औलो दिवस पनि मनाइन्छ। भविष्यमा लगानी गरौं, औलो निरस्त पारौं भन्ने मन्त्रका साथ मनाइने यस पटकको औलो दिवसले विश्व मानवता र अन्तर्राष्ट्रिय समुदायको सन् २०१५ सम्म औलोले हुने मृत्यु शून्यमा झार्ने लक्ष्य सफलीभूत पार्न नयाँ धारबाट प्रयास गर्ने सन्देश दिएको छ।
औलो मलेरिया परजीवी नामक एककोषीय जीवको संक्रमणले हुने रोग हो। प्रोटोजुआ वर्गअन्तर्गत पर्ने प्लास्मोडियम नामको यो परजीवीको चार मुख्य प्रजाति–प्लास्मोडियम–फेल्सिपेरम, प्लास्मोडियम–वाइवेक्स, प्लास्मोडियम–मेलेरिया र प्लास्मोडियम–वोभेल छन्। यीमध्ये प्लास्मोडियम–फेल्सिपेरम र प्लास्मोडियम वाइभेक्स सबभन्दा ज्यादा घातक हुन् भने संक्रमणका हिसावले पि.फेल्सिफेरम सबैभन्दा खतरनाक किसिमको औलोको परजीवि हो। मलेरिया परजीवीको आविष्कार हुनु पूर्व यस रोगलाई खराब हावाको कारण हुने रोग मानिन्थ्यो, जसले गर्दा यो रोगको नामै मलेरिया रहन गयो। सन् १८८० मा फ्रान्सेली सैन्य चिकित्सक चाल्स लुई अल्फेस लैवेरनले औलो संक्रमित व्यक्तिको राता रक्तकोषहरुको सुक्ष्मदर्शीय अध्ययन गरेर मलेरिया परजीवि पत्ता लगाएपछि परजीविका कारण हुने संक्रामक रोग हो भन्ने पत्ता लाग्यो। त्यसको १८ वर्षपछि अग्रेजी सैन्य चिकित्सक सर रोनाल्ड राँसद्वारा भारतको सिकन्दरावादमा गरेको अध्ययनले मलेरिया लामखुट्टेले गर्दा सर्ने रोग हो भन्ने पुष्टि भयो। औलोको कारण परजीवी र परजीवि सार्ने बाहक पत्ता लागेको केही दशकअगाडि सन् १८२० मा फ्रान्सेली रसायन शास्त्रीहरुले सिनकोन भन्ने रुखको बोक्राबाट क्युनेन संश्लेषण गरेर मलेरियाको औषधि पत्ता लगाइसकेका थिए। तैपनि औलो नियन्त्रणमा खासै उल्लेखनीय उपलब्धि हुन सकेको थिएन र सन् १९४० मा डीडीटी मालथिन जस्ता विषादिको आविष्कारले लामखुट्टे नियन्त्रणमा उल्लेखनीय सुधार भएपछि औलो नियन्त्रित हँुदै गयो।
औलो फैल्याउने मुख्य बाहक एनाफिलेक्स जातिको पोथी लामखेट्टे हो। पोथी एनाफिलेक्स लामखुट्टेलाई अण्डा पार्न रगतको आवश्यकता हुने भएकाले यो रात पर्ने्बित्तिकै रगतको खोजीमा निस्कन्छ। औलोद्वारा संक्रमित व्यक्ति वा अन्य जीवलाई टोकेपश्चात् परजीविहरु लामखुट्टेमा सर्न पुग्छन्। लामखुट्टेको पेटमा आफ्नो निश्चित विकास गरिसकेपछि यी परजीवी झन् संक्रामक भई लामखुट्टेको रालमा आउन थाल्छन्। यो अवस्थामा संक्रमित लामखुट्टेले स्वस्थ व्यक्तिलाई टोकेमा यी परजीवी व्यक्तिको रगतमा पुग्छन्। रगतमा पुगेको केही घण्टापछि यी परजीविहरु कलेजोमा पुगी संख्यात्मकरूपमा वृद्धि गर्छन्। यसको सातदेखि १५ दिनभित्र राता रक्तकोषहरुमा परजीवीले संक्रमित गर्दा औलोका लक्षण देखापर्छन्। पाँच वर्षभन्दा कम उमेरका बालबालिका, गर्भवती महिला, एचआइभी र एड्स लागेका बिरामी औलो संक्रमित क्षेत्रबाट बसाई सरेका आप्रवासीहरु, औलो नभएका ठाउँबाट भएका ठाउँमा घुम्न आएका अन्तर्राष्ट्रिय पर्यटक यो रोगको जोखिममा छन्।
मलेरिया रोगको मुख्य लक्षण एक दिन बिराएर काम ज्वरो आउनु हो। ज्वरो आउँदा पहिले काम छुट्नु, चिसो लाग्नु, ज्वरो बढ्दै गएर तातो हुनु र त्यसपछि पसिना छुट्नु यी तीन अवस्था क्रमशः देखिन्छन्। त्यसका अलावा जोर्नी दुख्नु, वान्ता हुनु, राता रक्तकोष संक्रमित भएका कारणले रक्तअल्पताका लक्षण देखा पर्नु, जस्तै–कालो रंगको पिसाव आउने, जन्डिसका लक्षण देखिने, कमजोरी महसुस हुने, मलेरियाका लक्षण हुन्। रोग बढ्दै गएपछि कलेजो र फियोको आकार पनि बढ्न थाल्छ। टाउको दुख्नु र मुर्छा पर्ने जस्ता लक्षण पनि देखापर्छ। रोग बढ्दै गएमा रोगीको मृत्यु पनि हुन सक्छ। औलोको निदान तथा उपचार जतिसक्दो चाँडो गर्यो, त्यति नै व्यक्तिलाई औलोबाट हुने क्षति तथा मृत्युबाट बचाउन सकिन्छ। रोग पत्ता लागिसकेपछि चिकित्सकको सल्लाहमा औलोको औषधि खुवाउनुपर्छ। औलोबाट बच्न मुख्य उपाय भनेकै लामखुट्टेको टोकाईबाट बच्नु हो। लामखुट्टे दूषित वातावरणमा र नबग्ने पानीको स्रोत भएको ठाउँमा ज्यादा पाइने भएकाले यसबाट छुट्कारा पाउन जरुरी छ।
१. राति सुत्दा झुल प्रयोग गर्ने वा लामखुट्टे भगाउने धूप बाली सुत्दा लामखुट्टेको टोकाईबाट बच्न सकिन्छ।
२. संक्रमित क्षेत्रमा नियमितरूपमा लामखुट्टे मार्ने विषादि छर्किन लगाऔं।
३. आफ्ना घर आँगनको वरिपरि पानी जम्ने खाल्डाखुल्डी भए त्यसलाई पुरौं।
४. सम्भव भएसम्म औलो संक्रमित क्षेत्रमा नजाऔं, जानै परे औलो प्रतिरोधक औषधिहरु लिएर मात्र जाऔं।
५. लामो बाउला भएको लुगा लगाऔं ताकि लामखुट्टेले टोक्न नसकोस्।
६. औलो भएको शंका लागेमा तुरुन्तै चिकित्सकसँग परामर्श लिएर शीघ्र निदान तथा उपचारतिर लागौं।
७. औलो लागेको बेला एस्प्रिन, डिस्प्रिन, ब्रुफेन जस्ता औषधिले आन्तरिक रक्तश्राव बढाउने भएकाले यस्ता औषधि सेवन नगरौं।
८. आफ्नो घर वरिपरिको वातावरण दूषित हुन नदिऔं। लामखुट्टे नियन्त्रण गर्ने विषादि नियमित छर्किऔं।






Post a Comment

 
Top