भुवानी प्रसाद अधिकारी
शायद मान्छेलाई सुखले भन्दा दुःखले चाँडै छुन्छ । दुःखान्तले करुण रसको अनुभूति गराउने भएकोले विषयवस्तु दुःखद् भएपनि आस्वादय हुन्छ । यसैले माधव घिमिरेको गौरी शाोककाव्य श्रीमती गुमाउँदाको पीडा भए पनि सवैको मन छुन सक्ने कति ठहरियो। त्यस्ते नेपाली साहित्यमा अर्काे कृति हो चिना हराएको मान्छे । हास्य व्यङ्गय कलाकार हरिवँश आचार्यले दुःख र पीडालाई कसरी साधारणीकरण गरे होलान रु मेरा लागि कौतुहलताको विषय वनेको थियो तर उक्त कृति पढ्ने सुयोग जुटेको थिएन। नयाँ वर्ष
(इ.स.२०१६) सिर्जनात्मक कार्यको थालनी ठान्दै कौतुहलता मेटाउने हेतुले लोडसेडिङ्ग नभएको अवसर छोप्दै रातको १२ः३० वजे बिस्तारावाट उठें, सिरकले पातलो शरीरलाई ढाडस दिएँ र पढ्न बसें ।
चिना हराएको मान्छे कृति पढ्दै गर्दा नयाँ वर्ष मनाएर फर्कनेहरुको व्यवहारले रातको शान्त वातावरण क्षणभरमा नै अशान्त कोलाहलमय बन्न पुग्यो। अतः कृति अध्ययनलाई थाती राखेर मानवता हराएको मान्छे शीर्षकमा कलम चलाउन पुगेँ ।
मानवता भन्नाले मान्छेमा हुनुपर्ने मानवोचित गुण अर्थात समानता, स्वतन्त्रता र भातृत्वप्रेम भन्ने बुझिन्छ । तर आजको मान्छेको कतिपय व्यवहारलाई नियाल्दा मानवता हराएको वा पातलिंदै गएको आभाश हुन्छ। नयाँ वर्ष मनाउने वहानामा जीवन केवल खान, पिउन र मोजमस्तीका लागि मात्र हो भन्ने पाराले रातको शून्यता चिर्दै टोल छिमेक कोलाहलमय तुल्याउनुको सट्टा समाज र राष्ट्रको हित हुने कार्यमा संलग्न हुनु वा सोही लक्ष्यका साथ अगाडि बढ्ने प्रण गर्नु पो उचित हुन्थ्यो तर व्यवहारले ठीक उल्टो देखिएपछि मानवता हराएको मान्छे जस्तो प्रति िहुंदा रहेछ।
आजको मान्छे रहरले नभई करले डिजेल, पेट्रोल र ग्याँसको लाईनमा बस्न बाध्य छ । त्यहाँ पनि दुब्ला, पातला र पहुँचविहीन सज्जन जनमानसको केहि लाग्दैन जिम हाउसबाट भर्खरै निस्केजस्ता, आवश्यकता भन्दा पनि अरुलाई सम्पन्नताको भ्रम छर्न कानमा मुन्द्रा लगाउनेहरुको हैकम चल्छ। यस्तो देख्दा भोग्दा शरीरले साथ नदिएर मात्र हो नत्र कानमा मुन्द्र झुण्ड्याउन अर्डर दिनै पर्ने हो त जस्तो लाग्छ । आखिर वीरवलको खिचडी त हो ।
आजको.जैतिक व्यापार गर्नेहरु स्टाफ पाल्न र भाडा तिर्न धौधौ छ भन्छन् तर कालो बजारी गर्नेहरुको चुरीफुरी देखीन्छ। जग्गाको व्यापार चल्दा अरुलाई सुनाउन भए पनि अँ, अँ त्यो त वैंना भइसक्यो ....ल वेलुका भेटौंला, वाई भनिन्थ्यो। अहिले पेटूोल, डिजेल, ग्याँस... अझ लाजमर्दाेत ग्राहक पो खोज्न थालिएछ । आखिर अरुलाई ठग्नु छ, कमाउनु छ जय लक्ष्मी भन्दै भट्टी तिर सोझिनुछ, कि कसो रु धिक्कार छ जिन्दगी ।
फलानो ठाउँमा ग्याँस बाँड्दै छ रे । मोवाइलका कारण हल्ला सनसनीपूर्ण बन्दछ । मोटर हुनेहरु स्कुटरमा, साइकल हुनेहरु साइकलमा, केही नहुनेहरु पिठँयूमा सिलिण्डर बोकेर सुईँकुच्चा ठोक्छन् । अब सोच्नुहोस त दौडमा कसले जित्यो होला ? एउटा केन्द्रमा २५० सिलिण्डर वितरण गरिन्छ तर लाइन हुन्छ ७५० अनि हुँदैन त रातभरि करायो दक्षिणा हरायो । सन्दर्भ विशेषमा मैंले देखे–सुनेको दृष्यको सारसंक्षेप बताउँ । एकजना ५५ वर्षका दाजु ग्याँस बाँड्ने सुनेर हतार गर्दै विक्रेताको डिपो नजिकै आइपुग्दा छोराले मोटरसाईकल पल्टाएछ । विचरा दाजू नालीमा पल्टेको छोरा, मोटरसाइकल र सिलिण्डर पनि छाडेर १ नम्बरमा उभिन हतार गरेछन् ।
उनको उपस्थितिले २ नम्बरमा परेकी महिलाले सिलिण्डर विना उभिनेलाई मान्यता नदिने कुरा गरिन । छोराले खुट्टा खुम्च्याउँदै हिलो पुस्दै सिलिण्डर ल्याए पनि १०, १२ जना खाइलाग्दाहरुले विचरा दाजुलाई धपाइछाडे, एक जना पीडितको आधा सिलिण्डर लगेर चुलो बाल्ने सपना अधुरो तुल्याएकोमा गर्व गरे तर उनको मर्म र व्यथा बुझ्ने कोही भएन । आजका मान्छे किन यति साह्रै निठुर १ कोही आफ्ना कामदारका सिलिण्डर लाइनमा राख्न लगाउँछन, हराए कामदारकै हराउँछ, पाए हस्तक्षेप गरेर साहुले काम चलाउँछन् । आखिर विवेकको कुरा त हो । विवेकहिन र नक्कटोको आषौधि कहाँ पाईन्छ र ?
अतः समानता, स्वतन्त्रता र भातृत्व प्रेम सबै आदर्शका कुरा भए, व्यवहार साह्रै तुच्छ हुन पुग्यो । जहाँ, जता पनि राजनीतिक चस्मा लगाएर हेर्ने कुप्रवृत्तिले मान्छे– मान्छे बिच ‘बसुदेव कुटुम्बकम’ अर्थात सबै दाजुभाई, दिदिबहिनी हुन् भन्ने हाम्रो सांस्कृतिक मान्यता धुलोमा मिल्न गयो । फलस्वरुप न त यहाँ समानता भोग्न पाईन्छ न त स्वतन्त्रताको मर्मलाई सही रुपमा आत्मसात गरेको देख्न पाईन्छ ।
यस्तै अनुभूति र भोगाइको आत्माभिव्यक्ति हो–आजको मान्छे भेडो । नारायण प्रसाद गौतमद्वारा लिखित उक्त कवितात्मक कृतिको शीर्षकले सङकेत गरेझैं कतै तँपाइ पनि भेडो अर्थात महानता हराएको मान्छेको कित्तामा पर्नुभएको त छैनरु आफ्नो भुल सुधारेर अगाडि बढ्ने प्राणी मान्छे नै त हो । त्यसैले मानवता युक्त मान्छे बन्नुहोस अन्यथा मर्दाको दिनमा मलामि पनि कम हुन जाने कटु सत्य छिपाएर पनि छिप्ने छैन ।
चापाकोट, ७ कास्की
Post a Comment