0
गोल्डेन न्यूज संवाददाता
पार्टीका नाममा प्रशासनबाट सिफारिस लिने र कालोबजारीमा ग्यास बेच्ने सद्भाबना पार्टीका कास्की जिल्ला अध्यक्षको घरमा प्रहरीले छापा मारेको छ । गोप्य सूचनाको आधारमा प्रहरीले आईतवार छापा मार्दा १५ सिलिण्डर भरिएको ग्यास र दुई खाली सिलिण्डर सहित उनकी श्रीमती पक्राउ परेकी छिन् ।
सद्भाबना पार्टीका जिल्ला अध्यक्ष फजुल मियाको पोखरा १३ मियापाटन स्थित घरमा प्रहरीले छापा मार्दा उनकी श्रीमति ५० बर्षिय सकिला मियालाई नियन्त्रणमा लिएको हो । उनको घरबाट शक्ति, लुम्बिनी, जानकी, भानु लगायतका कम्पनीका भरिएको ग्यास सिलिण्डर जफत गरिएको प्रहरी निरिक्षक वेद प्रकाश जोशीले बताए । क्याफे एण्ड रेष्टुरेण्ट सञ्चालन गरेका उनले अभाबका बेला भित्र भित्रै ग्यासको कालोबजारी गरेको पिस पोखराले जनाएको छ।
अभाबका बेला उपभोक्तसँग चर्को मूल्य अशुल्ने र ग्यास बेच्ने काममा सक्रिय भएको सूचनापछि वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले मियाँको घरमा छापा मारेको थियो । उनले उपभोक्तसँग खाली सिलिण्डर लिने र भरिएको सिलिण्डर ६ हजार रुपैया सम्ममा बेच्ने गरेको प्रहरीले जनाएको छ । मियाँले पार्टीको अधिवेशनको लागि भन्दै स्थानीय प्रशासनबाट सिफारिस लिने र सम्बन्धित कम्पनीबाट भरिएको ग्यास सिलिण्डर घरमा ल्याई चर्को मूल्यमा विक्रि गर्ने गरेको प्रहरीले जनाएको छ । 
खानतलासीको क्रममा श्रीमान् नभेटिएपछि श्रीमतीलाई नियन्त्रणमा लिईएको हो । उनिहरु माथि कालोबजारी र ठगी मुद्धामा कार्बाही अघि बढाउने प्रहरीले जनाएको छ ।










Post a Comment

 
Top