0
गोल्डेन न्यूज संवाददाता
पोखराको सहारा क्लवद्धारा स्थापना भएको सहारा एकेडेमीमा सहयोग आउनेक्रम जारी रहेको छ । पछिल्लो क्रममा पोखराको बैदाम स्थायी घर भई बेलायतमा कार्यरत सहारा क्लब यूकेका कोषाध्यक्ष नारायण गुरुङले सहारा एकेडेमी को अक्षयकोषको लागि ५१ हजार १ सय ५ रुपैयाँ आर्थिक सहयोग गरेका छन । 
त्यसै गरी उनकी छोरी प्रिति गुरुङले १० हजार १ सय ५ रुपैयाँ पनि सहयोग गरेकी छन । सहारा क्लब ले गरेको काम देखि प्रशन्न भइ उनले सो रकम सहयोग गरेकी हुन। उक्त रकम क्लवका अध्यक्ष विरभद्र आचार्यलाई हस्तान्तरण गरेका हुन । स्वदेश तथा विदेशमा रहेका दाताहरुको सहयोगले नै एकेडेमी संचालन हुदै आएको अध्यक्ष आचार्यले बताए । त्यस्तै लेकसाइड निवासी बिष्णु गुरुङ र बेन्जेमीन कोमे रोइल इर्मरटन, आना यूरेइन्स बाट ३१ हजार ७ सय मूल्य बराबरको ३० थान ब्लाङकेट र स्टेस्नरी का सामाग्रीहरु एकेडेमीका बालकहरुलाइ एक समारोहको बिच वितरण गरिएको छ । पोखरा १७, दोविल्लमा रहेको सहारा एकेडेमीमा हाल १६ जिल्लाका २६ जना बालकहरु रहेका छन । ‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटनको रुपमा स्थापित गरौं’ भन्ने मूल उद्देश्यका साथ आउदो माघ ५ गतेदेखी १६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा ३ विदेशी सहित १२ टीम सहभागी हुने भएका छन् ।

Post a Comment

 
Top