0
राजाराम पौडेल÷गोल्डेन
संगीतकार श्रीमान थुलुङको आधुनिक गीतिसंग्रह ‘संजोग’को चर्चा बढ्दै गएको छ । थुलुङको संगीतमा सूर्य खड्का विखर्ची, सरस्वती श्रेष्ठ सरु, पूर्णबहादुर श्रेष्ठ र कोविदशरण उपाध्यायको रचना गरेका गीत एल्बममा समाबेश गरिएको छ । एल्बममा समावेश ‘संजोगले’ बोलको गीतमा  उमेश राई, ‘म पनि त’ बोलको गीतमा पूर्णबहादुर श्रेष्ठ, ‘जादै छुँ म’ बोलको गीतमा काजिमान राई र सञ्जु लिम्बुको युगल आवाज सुन्न सकिन्छ । ‘घुम्दै जादा’ र ‘कहिले आउँ’ बोलका दुइ गीतमा रोहन जङ्ग कार्कीले आवाज भरेका छन् । 
तराना म्युजिक सेन्टरको प्रस्तुतिमा बजारमा आएको यो एल्बममा समावेश सम्पूर्ण गीतको म्युजिक भिडियो निर्माण कार्य शुरु भएको संगीतकार थुलुङले बताएका छन् । पोखरामा छायांकन भएको एल्बमको शिर्ष गीत संजोगको भिडियो अब केहि दिन मै दर्शकले हेर्न सक्ने उनले जनाए । घुम्दै जादा र कहिले आउँ गीतको काठमाडौंमा र म पनि त एवंम जादै छुँ म बोलको गीतको छायाकंन पोखरामा हुने भएको छ ।  यसअघि गत बैशाखमा आएको पुर्वेली लोक दोहोरी गीत समावेश उनको एल्बम ‘जुन’ श्रोता दर्शकको राम्रै साथ मिलेको थियो । जुन हेरे जुन राम्रो र लाग्यो जुन तारा बोलका दुई गीतमा आवाज उमेश राई र सञ्जु लिम्बुले भरेका थिए । दुवै गीतमा संगीत संयोजन थुलुङको थियो भने जुन हेरे जुन राम्रो टिका खड्काको शब्द र लाग्यो जुन तारामा शब्द थुलुङले नै सिर्जना गरेका थिए । अब नयाँ आधुनिक गीति एल्बम ‘हुरी’को तयारीमा आफू जुटेको उनले जनाएका छन् । एल्बम नेपाली नयाँ वर्षको अवसरमा बजारमा ल्याउने उनको योजना छ । 
हुन त आजभन्दा झण्डै ४४ वर्ष पहिला पुर्वाञ्चलको सोलुखुम्बु जिल्लामा बुबा रामेस्वर र आमा फागुलक्ष्मी राईको माइलो सन्तानको रुपमा जन्मेका उनको सानैदेखि साँगीतिक क्षेत्रतर्फ रुचि भएपनि यो क्षेत्रमा अगाडि बढ्नको लागि उनीसँग न पर्याप्त रकमनै थियो, न संगीतकर्मीसँगको चिनजान । तर उनले कहिल्यै हरेस खायनन्, निरन्तर साधना गरे एकदिन अवश्य सफल भइन्छ भन्ने भावनाका साथ सर्घष शुरु गरेका उनले सोलुखुम्बुमानै बसेर यो सम्भव देखेनन् । त्यसो त सोलुखुम्बुमा रहदाँ विभिन्न कार्यक्रम तथा स्कुल पढ्दा विभिन्न प्रतियोगीतामा भाग लिदाँ प्रथम, द्वितीय भैरहने हुदाँ उनमा यो क्षेत्रमा केहि गर्न सक्छु भन्ने आत्मबल नभएको भने होइन । यो क्षेत्रमा स्थापित हुन आफूमा केहि निखारता हुनुपर्ने महसूस उनले गरे । अनि १७ वर्षको कलिलो उमेरमानै उनी हानिय राजधानि काठमाडौंतिर । नयाँ ठाँउ, चिनजान कसैसँग केहि छैन, खर्च गर्नलाई पर्याप्त रकम उनीसँग थिएन । कुनै ठाउँमा काम गर्ने त्यहीबाट आएको रकमबाट दैनिक गुजाराको साथमा संगीतिक क्षेत्रको आफ्नो लक्ष्यमा पुग्ने उनले योजना बनाए । 
केहि दिनको मेहनत पछि काम त मिल्यो तर राजधानीमा बसेर सहज तरिकाले जीवन चलाउन त्यहाँबाट पाउने रकम पर्याप्त थिएन । कामबाट फुर्सद मिल्दा संगीत सिकि आफूमा निखारता उनले ल्याए । झण्डै ६ वर्षको साँगीतिक ज्ञान पश्चात २०५० सालमा थुलुङ भाषाको गीत ‘बान्तालङ मेनु ल म्यो दयुखा’ मार्फत रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण उनले गरे । यसबाट उनको यात्रामा उत्साह त थपियो तर साँगीतिक क्षेत्रमा अगाडि बढ्न पर्याप्त रकम चाहिने, काम गरेर कमाउने कि साँगीतिक क्षेत्रमा लाग्ने निकै गाह्रो उनलाई भयो । जसोतसो ३ वर्षसम्म काम गर्दै यात्रालाई अगाडि बढाए । त्यतिबेला उनको आवाज, शब्द र संगीत रहेका गीत परदेशी छोरा, धन्दा नमान, मायाले बाध्यो यसरी लगायतका गीतको चर्चा चुलिएपछि झनै दोधारमा परे । उनी विगत सम्झदै भन्छन् ‘साँगीतिक क्षेत्रमा लागेर मात्र जीवन धान्न कठिन त्यही पनि सोलुखुम्बुको मान्छे काठमाडौंमा, काम छोड्न पनि नसक्ने संगीत छोड्न पनि नसक्ने’ । जब कामको शिलशिलामा २०५४ सालमा संगीतको उर्वरभूमि पोखरामा आगमन भयो अनिमात्र उनको यात्राले नयाँ मोड लिन पुगेको हो । ‘पोखरा आउनुनै मेरा लागि सुखद् रहन पुग्यो’ उनले बताए । पोखराको सुन्दरता र त्यस समयमा नेपाली साँगीतिक क्षेत्रमा पोखराको उचाईले उनीमा उर्जा थपीयो । पोखरामा बसी यात्रा अगाडि बढाउने सोच बनाएका उनले गजल रेष्टुरेन्टमा गीत गाउे काम पाइहाले । केहि वर्ष रेष्टुरेन्टमा गीत गाएर गुजारा चलाउनुको साथै आफ्नो क्रियाशिलता उनले बढाए । यहिसमयमा भेरै संगीतकर्मीसँग उनको संगत हुन पुग्यो । हुनत २०५९ मा संगीतकर्मी नवराज बरालसँग भेट भएपछि उनलाई यो क्षेत्रमा अगाडि बढ्न केही सहजता भने भयो । 
बरालसँगको सहयात्रामा संगीत सिकाउन थालेका उनी नवप्रतिभाको प्यारो संगीतको गुरु बन्न सफल भैसकेका छन् ।  सयपत्री संगीत प्रशिक्षण केन्द्रमा ९ वर्ष संगीत प्रशिक्षकको रुपमा काम गरेका उनले विगत एक वर्षदेखि तराना म्युजिक सेन्टरकको नाम राखि संगीत सिकाइरहेका छन् । दैनिकरुपमा गायन प्रशिक्षण, तबला बाँसुरी, गीतार, मादल, ढोलकका नयाँ प्रतिभा उत्पादन उनले गरेका छन् । हालसम्म एक हजार छ सय भन्दा बढिलार्ई संगीत सिकाइसकेको बताउने उनले महिनामा झण्डै ७० को हारहारीमा विद्यार्थी भर्ना भैरहेको बताए । ‘विगतको तुलनामा संगीत सिक्नेको चाप बढेको छ, यहिबाट हुने आम्दानीले ७ जनाको परिवारको दैनिक गुजारा सजिलै चलाउन सकेको छु’ उनी गर्भ गर्छन । त्यसैलेत उनी संगीतक्षेत्रमा लागेर बाँच्न सक्ने अवस्था भएको दावी गर्न पछि पर्दैनन् ।
२०६० सालमा सोलो एल्बम धन्दा नमान बजारमा उनले निकालेका थिए । तीनवटा पुर्वेली लोकगीत समावेश उक्त एल्बमले उनको लोकप्रियता अझै चुलिन पुग्यो । राष्ट्रिय गीति संग्रह नेपाल आमा, सुगम संगीतका कलेक्सन एल्बम जीवन संगीनी र अङ्कुरण, कृषि सम्बन्धी गीत किसानको आवाज भाग १ र २ मा उनले संगीत सँगै आवाज भरेका थिए । उनको एकल संगीतमा अनुरोध एल्बम बजारमा आइसकेको छ । पोखरेली युवा साँस्कृतिक परिवार, किरात सेवा समाज, पूर्वाञ्चल सेवा समाज लगायतका संस्थामा उनी आवद्ध छन् । 
विभिन्न साँगीतिक प्रतियोगितामा निर्णायकको भूमिका निभाइसकेका उनलाई किरात सेवा समाज, पूर्वाञ्चल सेवा समाज लगायतले सम्मान गरिसकेका छन् । उनले संगीत सिकाएका दिनेश न्यौपाने, आशिसदास दियालि, कल्पना गौतम, उमेश राइ, प्रकाश गौतम, तमन्ना गुरुङ्ग, अनुज कुलुङ, प्रकाश नेपाली लगायतका प्रतिभाले यात्रा अगाडि बढाइरहेका छन् । अरुको नक्कल नभई आफ्नो मौलिकतामा संगीतलाइ अगाडि बढाउने योजना बनाएका उनी सबैको मन जित्न सक्नुपर्ने उनको भनाइ छ । ‘संगीत सिकाएर मात्र हुदैन क्वालिटी दिन सक्नुप¥यो, सिक्नेहरको विश्वास जित्नुप¥यो’। पोखरामा बसेरनै सांगीतिक यात्रामा निरन्तर लाग्ने योजना बनाउका उनी दुखः पछि सुःख अवश्य आउने बताउँछन् । 
प्रतिक्रियाका लागि ः
उयउमष्बचथ२नmबष्।िअयm







Post a Comment

 
Top