0
गोल्डेन न्यूज संवाददाता
रानीपौवा –११ शक्तिघाटस्थित तमु प्ये ल्हु संघ, फ–लि–ना क्होईबो धीं परिसरमा सोमबार सरसफाई कार्यक्रम सम्पन्न भएको छ । तमु प्ये ल्हुँ संघ इकाई कार्य समिति स्याङ्जाली तमु समाजले तमु प्ये ल्हुँ संघको हाताभित्र बाटो, वरपरका चौतारी तथा प्लहधिं परिसर सरसफाई गरेका हुन् । प्रत्येक महिना तमु प्ये ल्हुं संघ अन्तर्गतका ईकाइ तथा क्षेत्रीय समितिहरुले तमु प्ये ल्हुं संघको हाताभित्र सरसफाई गर्ने प्रचलन भएको तमु प्ये ल्हुं संघ जिल्ला कार्य समितिका अध्यक्ष भीम बहादुर गुरुङले बताए । भर्खरै सकिएको प्र–ल्होसारको उपलक्ष्यमा लेखनाथ नगरपालिकास्थित स्याङ्जाली तमु समाजले तमु प्ये ल्हुं संघ अझै सुन्दर बनाउँन सरसफाईमा गरेको बताए । त्यस्तै तमु प्ये ल्हुं संघका केन्द्रीय महासचिव पोम बहादुर क्रोम्छे तमुले आफ्नो मौलिक पहिचानको धरोहर तमु प्ये ल्हुं संघमा रहेको क्हेईवो धीं परिसरलार्इृ सफा र अझै सुन्दर बनाई दिएको आभार व्यक्त गर्दै अन्य समाज तथा क्षेत्रीय ईकाइले आफ्नो मौलिक पहिचानको सांस्कृतिक स्थललाई सधंै सफा र सुन्दर राख्नु पर्ने प्रेरणा मिलेको बताए । स्याङ्जाली तमु समाजका अध्यक्ष क्या. डिक बहादुर म्होब्जे तमुको संयोजकत्वमा ५४ जनाले ४ घण्टासम्म तमु प्ये ल्हुं संघमा सरसफाई गरेका हुन् ।

Post a Comment

 
Top