0
गोल्डेन न्यूज संवाददाता
पोखरा विश्वविद्यालय कर्मचारी संघमा पुरानै नेतृत्वले स्थान पाएको छ । पाचौं अधिवेशनले संघको अध्यक्षमा पुनः रविन्द्र प्रसाद बराललाई चयन गरेको छ । अध्यक्ष बराल नेपाली कांग्रेस पक्षधर हुन् ।  संघको उपाध्यक्षमा मिनकुमारी डल्लाकोटी, सचिवमा शिवराज पण्डित, सह–सचिव दुर्गा प्रसाद आचार्य, कोषाध्यक्ष सुनिल देवकोटा चयन भएका छन् । संघको सदस्यहरुमा ऋषिराम बाँस्तोला, राजु अधिकारी, विष्णु सुवेदी बाँस्तोला, जीवनाथ फुयाल, टेक बहादुर नेपाली चन्द्रकान्त यादव रहेका छन् भने दुई जना अध्यक्षले चयन गर्ने बताइन्छ ।
निर्वाचित पदाधिकारी मध्ये रविन्द्र बराल, शिवराज पण्डित, ऋषि वास्तोला, टेक बहादुर नेपाली, विष्णु सुवेदी बाँस्तोला कांग्रेस पक्षधर हुन् भने दुर्गा प्रसाद आचार्य, जीवनाथ फुयाल, राजु अधिकारी र सुनिल देवकोटा एमाले पक्षधर हुन् । त्यसैगरी एमाओवादी पक्षवाट उपाध्यक्ष मिनकुमारी डल्लाकोटी चन्द्रकान्त यादव छन् ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै पोखरा विश्वविद्यालयका उपकुलपति प्राध्यापक चिरञ्जिवी शर्माले अधिवेशन एक प्रजातान्त्रिक अभ्यास भएको र कर्मचारीले आफ्नो वुद्धि र विवेकले भ्याएसम्मको काम गर्न आग्रह गरे । 
कार्यक्रममा उनले प्राध्यापक, कर्मचारी र विद्यार्थी एक भएर विश्वविद्यालयलाई प्रगति तर्फ लैजान सहयोग गर्नुपर्नेमा जोड दिए ।  पोविविका रजिष्ट्रार गोविन्द प्रसाद शमाले विश्वविद्यालयलाई अगाडि बढाउन सबैभन्दा महत्वपूर्ण भूमिका कर्मचारीको हुुने भन्दै सल्लाह र सुझावका साथमा काम गर्न आग्रह गरे । 
कार्यक्रममा पोविवि प्राध्यापक संघका अध्यक्ष निराजन वम, मानविकी संकायका निमित्त डिन अजय थापा, हेल्थ एण्ड साइन्सका डिन खेमराज जोशी लगायतले आ–आफ्ना भनाइ राखेका थिए । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष झलक अध्यक्षले दिनुका साथै कार्यक्रम सञ्चालन सचिव वावुराम अर्यालले गरेका थिए । 





Post a Comment

 
Top