0
राजाराम पौडेल÷गोल्डेन
लोक तथा दोहोरी संस्थाहरुले नै सबै कलाकारलाई समान व्यवहार गर्न नसक्दा नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा विकृति मौलाउँदै गएको छ । यसरी विकृति थपिंदा प्रतिभावान् कलाकार ओझेलमा परेका छन् । उनीहरुलाइ दैनिक छाक टार्न मुस्किल छ ।  आफूलाई स्थापित ठान्ने र लोक दोहोरी क्षेत्रको नेतृत्व गर्ने  केहि व्यक्क्तिको हालि मुहाली भने पोखरा अनि यस आसपासको क्षेत्रमा बढ्दै गएको छ । त्यस्ता कलाकारले महल ठड्याउन सफल भएका छन् । केही प्रतिभावान् कलाकारले उचित स्थान पाउन नसक्दा दिनप्रतिदिन भोकभोकै सर्घष गर्न बाध्य छन् । यति हुदाँहुदै पनि यो क्षेत्रमा सर्घष गरी स्थापित हुने सपना बुन्ने कलाकारको संख्यामा कमी आएको छैन । यसरी नै सर्घष गर्दै यात्रा अगाडि बढाइरहेका एक प्रतिभावान् कलाकार हुन् लोक दोहोरी गायक आयुष परियार । झण्डै एक दशकदेखि यो क्षेत्रमा स्थाजित हुने आशामा संर्घष सुरु गरेका उनी आफ्नो लक्ष्यमा पुग्ने अभियानमा अझै थाकेका छैनन् । यो बीचमा विभिन्न आरोह अवरोह उनले भोगेका छन् । यस्ले उनलाई अगाडि बढ्ने निखारता प्रदान मात्र नभएर उत्साह जोश जागर समेत थपेको छ ।

हुन त आजभन्दा ३० वर्ष अगाडि भदौरे तामागी वडा नं.४ हर्पनमा बुबा चिन्तबहादुर र मुमा मिना कुमारी परियारको साहिँलो सन्तानको रुपमा उनको जन्म भएको हो । बाल्यकालदेखिनै गीत संगीतमा उनको रुचि थियो । घरको आर्थिक अवस्थाको कारण पनि उनलाइ अगाडि बढ्न सहज भने थिएन । तर पनि वन जगंलमा जादाँ होस्र या एकान्तमा बस्दा गीत गुनगुनाइ हाल्थे उनी । आफुले अध्ययन गर्ने स्कुलमा हुने कार्यक्रममा भाग लिई आफ्नो प्रतिभा देखाउने अवसर उनलाइ जुट्यो पनि । यस्ता कार्यक्रममा आफ्नो प्रस्तुति सुनाउँदा पाएको सकारात्मक प्रतिक्रियालेनै यो क्षेत्रमा अगाडि बढ्न उनी हौसिए । त्यसैले त नौ कक्षामा पढ्दै गर्दा पोखरामा आयोजना भएको राष्ट्रिय औद्योगिक व्यापार मेलामा आयोजित विद्यालय स्तरीय दोहोरी गीत प्रतियोगीतामा भाग लिइ द्वितीय स्थान हासिल गरे । प्रवेशिका परीक्षा उत्तीर्ण भएपछि पोखरा झरेका उनले नेपाली साँगीतिक फाँटमा स्थापित हुन सर्घष शुरु गर्न थाले । आफ्नो चाहना पुरा गर्नका लागि अवसरको खोजीमा भौतारिए । घरको आर्थीक अवस्था मजबूत नभएको कारण साँगीतिक क्षेत्रबाटै जीवन गुजारा चलाउन उनी चाहन्थे । तर यो काम सहझ थियन । पोखराको पृथ्विनारायण क्याम्पस पोखरामा उच्च शिक्षा अध्ययन थालेका उनले वगरबाट हिडेरैनै कामको खोजी गर्न पोखराका विभिन्न दोहोरी साँझ धाउन थाले । त्यति मात्र नभएर पोखरा अनि आसपासमा आयोजना हुने मेला महोत्सवमा आफुलाइ अवसर दिन आग्रह पटक–पटक गरे । आर्थिक अभावले हिडेरे नै डुल्दा उनका जुत्तामा प्वाल परेको उनले अझै विर्सेका छैनन् । ‘नयाँ जुत्ता लगाउने रहर त थियो तर म सँग पैसा थिएन’ आँखाभरि आँशु टिलपिल पार्दै उनले विगत सम्झिए । बल्ल बल्ल उनले दोहोरी साँझमा काम त पाए । तर त्यहाँँ काम गर्ने सहकर्मीले अनावश्यक कुरा गरिदिदाँ विना पारिश्रमिक त्यहँँबाट उनी बिदा हुन बाध्य भए । यति हुदाँपनि उनी निरास भने भएनन् । सर्घष गरिरहे । विस्तारै आयोजक तथा स्थापित कलाकार सँग अनुरोध गर्दै विना पैसा आफ्नो प्रस्तुति राख्न् उनले थाले । यसैबीचमा अलिमियाँ लोकतारा, गण्डकी तारा, कास्की लोकतारा, वेनी महोत्सव, पर्वत सँस्कृतिक महोत्सव, लेखनाथ महोत्सव लगायतका  विभिन्न दोहोरी गीत प्रतियोगितामा भाग लिएर केहि पुरस्कार जिते । अनि गीत रेर्कड गर्नेतर्फ उनको ध्यान मोडियो । वि.स.२०६६ मा ‘निष्ठुरीले के गर्दै होली’ बोलको गीत रेर्कड गरी नेपाली साँगीतिक फाँँटमा उनले औपचारिक रुपमा डेब्यु गरे । आफ्नै शब्द लय रहेको गीतमा आवाजमा विष्णु माझीले उनलाइ साथ दिएकी थिइन् । गीत मार्फत उनको चर्चा शुरु हुन थाल्यो । यो समयमा उनलाई पोखरामा भन्दा पोखरा भन्दा बाहिरका कार्यक्रममा निमन्त्रणा आउथ्यो । यहि वर्ष आफ्नै शब्द लय र आवाजमा ‘थाहा छैन पाइला कहाँ मोड्दै छुँ’ बोलको गीत उनले श्रोतामाझ पस्किए । २०६७ मा ‘तिहार राम्रो हाँसेर नाचेर’ बोलको गरीबले पनि चाडबाड मान्नुपर्छ भन्ने सन्देश दिदै बजारमा ल्याएको गीतले उनले चर्चा बटुले । यसरी गीत संगीतले विस्तारै सफलता प्राप्त गरेर दर्शक श्रोतामाझ परिचित बनाएपनि एल्बम निकाल्न धेरै खर्च हुने र त्यो खर्च एल्बम विक्री गरेर उठाउन सम्भव नदेखेर केहि समय उनले एल्बम निकालेनन् । वि.स.२०७० मा ‘धन्यवाद छ ए निष्ठुरी मलाइ छाडी जानी’ बोलको गीत उनले निकाले ।  शब्द र लय सिर्जना उनलेनै गरेको गीतमा आवाजमा विष्णु माझीले साथ दिइन् । उनले श्री थापा लाहुरे दाइको पुरानो गीत ‘धानको बाला साहिँली’ मोबाइलमा रिङ्ग टोनको रुपमा प्रयोग गर्न रेर्कड गराए । यस्ले उनको लोकप्रियता इट्टा थप्ने काम ग¥यो ।

यतिबेला उनै आयुष सम्झना परियारको प्रस्तुतिमा शिव फोर एस मिडिया मार्फत नयाँ गीत बजारमा ल्याउने तयारिमा छन् । सम्झना एल्बममा रहने ‘वरु यसै साहिलि यी आँशु झरोस्, पापिनीसँग भेट हुनु नपरोस्’ बोलको गीतमा उनको आवाज शब्द र लय रहने छ । गीतको यतिबेला भिडियो निर्माण भैरहेको उनले जनाए । त्यसैगरी ‘महिले मात्र दिल खोली बोल्ने’ झ्याउरे गीत बजारमा ल्याउँदै छन् । कुमार परियारको शब्दमा उनको लय र आवाज रहेको यस गीतमा आवाजमा सुसिला वि.क.ले साथ दिएकी छन् । हाल युकेमा रहेका सन्तोष परियारको शब्द, आयुषको लय र आवाजमा ‘माझ भट्टी सुइँखेत फाँटमा, तिम्रो डोली मेरो लास सँगै–सँगै होला बाटोमा’ बोलको एकल गीत रिलिजको तयारीमा छ । अहिलेसम्म एक दर्जन गीतमा आवाज भरेका उनले त्यती गीतको शब्द सिर्जना गरेका छन् भने दुई दर्ज गीतमा लय संकलन गर्न भ्याएका छन् ।
हाल पोखराको वगरमा रहेको शिखर दोहोरी साँझमा हरेक साँझ आफ्नो प्रस्तुति राख्ने उनी दोहारी साँझमा गीत गाउदाँ आर्थिक पक्ष सहज हुने नजानेको गीत गाउन पाइने भएकोले दाहोरी साँझ कलाकारका लागि पाठशाला भएको बताउँछन् । ‘दोहोरी साँझमा गाउदा आफूमा निखारता प्रदान गर्दछ’ उनले भने । भेटघाट दोहोरी साँझ, गाउँ शहर दोहोरी साँझ, नाच घर दोहोरी साँझ, गामवेशी दोहोरी साँझ, पूर्व धरान रमाइलो दोहोरी साँझ, दौतरी दोहोरी साँझ मा आफ्नो प्रस्तुति राखिसकेका छन् ।  गीत संगीतमा लागेर मात्र जीवन धान्न सहज नभएको बताउने उनले आफ्नै घरमा सुट पाइन्ट सिलाउने काम पनि गर्दछन् । त्रिवेणी संगीतालयमा तीन वर्ष सगीत सिकेर आफूमा निखारता प्रदान गरेका उनले पोखराको रेडियो गोर्खालीमा लोकदोहोरी कार्यक्रम सञ्चालन समेत गर्छन् ।
प्रतिक्रियाका लागि ः
उयउमष्बचथ२नmबष्।िअयm









Post a Comment

 
Top