0
नेत्रहिन क्रिकेट संघ कास्कीको सातौ वार्षिक साधारण सभा तथा चौथौ अधिवेशनले नीलकण्ठ तिम्सिनाको अध्यक्षतामा नै सदस्यीय कार्यसमिति चयन गरको छ । समितिको उपाध्यक्षमा अपर्ण कोइराला, सचिबमा सुर्य भट्टराई, कोषाध्यक्षमा भगवती भट्टराई (बराल), सहसचिबमा शिवराज अधिकारी चयन भएका छन् । त्यसै गरि सदस्यहरुमा मुना अर्याल, रिता थापा मगर, अक्षय खड्की र शेरजङ्ग गुरुङ रहेका छन् ।अधिवेशनको उद्घाटन गर्दै पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले प्रतियोगिताहरुलाई समावेशी बनाउँदै दृष्टिविहिन क्रिकेटको प्रर्वद्धन गर्ने बताए । उनले माघमा हुने जिल्ला स्तरीय खेलकुद प्रतियोगितमा नेत्रहिन क्रिकेटलाई पनि समाबेश गर्ने बताए । जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष यामबहादुर गुरुङले खेलकुद नेत्रहिन क्रिकेटलाई उकास्नका लागि समितिले प्रतियोगिताको आयोजना गर्ने बताए ।

नेत्रहिन क्रिकेट संघ नेपालका केन्द्रीय अध्यक्ष मेजर पवन घिमिरेले विश्व नेत्रहिन क्रिकेटमा नेपालको स्थान उच्च रहेको र नेपाली टोलीले वेलायती टोलीलाई समेत पराजित गरे बताए । उनले जनवरी १७ देखि २४ सम्म भारत केरलामा टि–ट्वान्टी एसिया कप क्रिकेट प्रतियोगितामा हुने लागेको बताए । प्रतियोगितामा नेपालले सहभागिता जनाउने बताए । उनले प्रतियोगितामा नेत्रहिन क्रिकेट संघ नेपालका केन्द्रीय उपाध्यक्ष अमृत बरालको नेतृत्वमा २१ सदस्यीय नेपाली टोली त्यसतर्फ जाने बताए । कास्कीबाट नेत्रहिन क्रिकेट संघ कास्कीका निवर्तमान अध्यक्ष सम्राट गौतम, निर्णायक लोक बहादुर गुरुङ, खेलाडीहरु सुर्य भट्टराई र जीवन गुरुङ छनोटमा परिसकेका छन् । कार्यक्रममा नेत्रहिन क्रिकेट संघ नेपालका सचिब शिशिर खनाल, राष्ट्रिय अपाङ्ग महासंघ कास्कीका अध्यक्ष गंगा बहादुर खड्का, कास्की नेत्रहिन संघका अध्यक्ष लक्ष्मण सुवेदी, कास्कीका सदस्य सूर्य भट्टराई, नेत्रहिन क्रिकेट संघ कास्कीका अध्यक्ष सम्राट गौतम लगायतले नेपालको नेत्रहिन क्रिकेटलाई पनि सरकारले आवश्यक बजेटको व्यवस्था गर्नु पर्ने बताएका थिए ।


















Post a Comment

 
Top