0
पोखरेली युवा साँस्कृतिक परिवारले प्रत्येक तीन तीन महिनाको तेस्रो शनिबार सञ्चालन गर्दै आएको समता कला कार्यशालाको ५० औं शृङ्खला सिर्जनात्मक कला निर्माण गरि शनिबार पोखरा आर्ट ग्यालरी महेन्द्रपुलमा सम्पन्न भयो । सिर्जनात्मक कला निर्माण पछि सभानायक वरिष्ठ कलाकार गोपाल श्रेष्ठले कलाको विकासको लागि अरुको भर परेर होइन आफ्नै हातलाई क्रियाशील र सिर्जनशील बनाउनु पर्छ भने । उनले कला कार्यशालामा निर्माण गरिएका चित्रलाई प्रदर्शनीमा रुपान्तरण गरेर आम मानिससँग कला पु¥याउन आग्रह गरे । संस्थाका सल्लाहकार तथा वरिष्ठ कलाकार बुद्धि गुरुङले २०४२ सालदेखि पोखरेली कलाकारहरु गाउँघरको भ्रमण गर्दै कला सिर्जनामा निरन्तर लागेकाले नै आज कलामा पोखरालाई  पानी रङको सहरका रुपमा चिनिएको हो भने । समता कला कार्यशालाले अग्रज र अनुज दुवैलाई एउटै थलोमा काम गर्ने अवसर दिंदा नयाँ कलाकारले आफूलाई चम्काउने अवसर पाउने बताए । परिवारका अध्यक्ष सुरेश रानाभाटको सभापतित्वमामा सम्पन्न उक्त कला कार्यशालाको सञ्चालन सचिव अर्जुन अधिकारीले गरेका थिए भने स्वागत र धन्यवाद ज्ञापन कला संयोजक मिलन शेरचनले गरेकी थिइन ।









Post a Comment

 
Top