0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लव अफ पोखरा पिस सिभिकको आयोजनामा कास्कीको माझठाना गाविसमा निःशुल्क आँखा शिविर शुक्रबार सम्पन्न भएको छ । शिविरको लायन्स क्लव ३२५ बि को सेकेन्ड भाइस डिष्ट्रिक गभरनर धनराज आचार्यले उद्घाटन गरेका थिए । 
त्यस अवसरमा बोल्दै  आचार्यले लायन्स क्लव पिस सिभिकले आँखा शिविर सञ्चालन गरेकोमा धन्यवाद दिँदै थप सेवा मूलक उदाहरणीय कार्यमा जुट्न आग्रह गरे । कार्यक्रममा लायन्स क्लव पिस चौतारिका अध्यक्ष धनन्जय पौडेल, सोही क्लवका पूर्व अध्यक्ष विनोद ढुंगाना लगायतले मन्तव्य व्यक्त गरेका थिए । क्लवका अध्यक्ष पवित्रराज तिवारीको अध्यक्षतामा सम्पन्न आँखा शिविर उद्घाटन कार्यक्रममा स्वागत कार्यक्रम संयोजक विक्रम थापा र संचालन सचिव युवराज खनाले गरेका थिए । सो आँखा शिविरमा तीन सय ६१ जनाले आँखा परीक्षण गराएको मध्ये १६ जना मोतियाविन्दुको बिरामी भेटिएको क्लवले जनाएको छ । परीक्षणमा हिमालय आँखा अस्पताल पोखराले प्राविधिक सहयोग उपलब्ध गराएको थियो ।












Post a Comment

 
Top