0
गोल्डेन न्यूज संवाददाता
राष्ट्रिय जनमोर्चाको पोखरा उपमहानगरपालिका वडा नं.२९ हेम्जा मा राष्ट्रिय जनमोर्चाको वडा भेला सम्पन्न भएको छ । भेलाले लोकेन्द्र वहादुर कुँवरको अध्यक्षतामा १३ सदस्यीय वडा समिति निर्माण गरेको छ । उपाध्यक्ष,कोषाध्यक्ष, सचिव र सहसचिवमा क्रमशः गौरी छन्त्याल,कलमाया घर्तीमगर, तम वहादुर रोका र वसन्त पौडेल रहेका छन् । त्यस्तै सदस्यहरुमा ओम कुमारी, सीता हमाल, गीता रोका, ओम वहादुर घर्तीमगर, लिल कुमारी पुर्जामगर, मन कुमारी वि.क., अम्विका अधिकारी र ठाकुर प्रसाद त्रिपाठी रहेका छन् । एक स्थान रिक्त राखिएको छ । भेलाले भक्त वहादुर रोका, शिवराज कुँवर,लिला कुमारी सुनार र गोविन्द सापकोटालाई सल्लाहकारमा चयन गरेको छ । 
भेलाको उद्घाटन राष्ट्रिय जनमोर्चा पोखरा नगर समितिका अध्यक्ष चन्द्र वहादुर के.सी.ले गरेका थिए । भेलालाई वडा नं. २७ का वडा सचिव लक्ष्मण के.सी. र कृष्ण कार्कीले शुभकामना दिएका थिए । भेलाको अध्यक्षता तम वहादुर रोकाले गरेका थिए भने संचालन लोकेन्द्रवहादुर कुँवरले गरेका थिए ।








Post a Comment

 
Top