0
गोल्डेन न्यूज संवाददाता
सिद्धार्थ क्लव पोखरा र महिला अधिकार मञ्च सराङकोटको आयोजनामा दाइजोप्रथा न्युनिकरणका लागि छलफल कार्यक्रम  विहीवार सम्पन्न भएको छ । कार्यक्रमका सहभागिहरुले दाइजोप्रथा घरेलुहिंसाको मुख्य श्रोत भएको भन्दै अत्य गर्नुपर्ने आवश्यकता औल्याए । साथै सहभागीहरुले आफुले पनि दाइजो नलिने र दाइजो नदिने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । 
सराङकोटका विभिन्न संघसंस्थाका सक्रिय महिलाहरुको सहभागितामा सञ्चालन भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुष्मा पौडेलले दाइजोप्रथा केहो? यसले पारेका असरहरु, समाधानका उपायहरु, दाइजोप्रथा र कानुनी व्यवस्था लगायतको विषयमा सहजीकरण गरेकी थिइन् । उनले दाइजोप्रथा न्युनिकरणका लागि सवै एकजुट भएर लाग्नुपर्नेमा समेत जोड दिइन् ।
 सिद्धार्थ क्लवका सचिव तिर्थ श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सचिव रुद्रप्रसाद वस्ताकोटीले दाइजोप्रथा एक सामाजिक विकृ्ति भएको भन्दै महिला र पुरुष एकजुट भएर यस प्रथाको विरुद्धमा लाग्नुपर्नेमा जोड दिए । कार्यक्रमको उद्देश्यमाथि सिद्धार्थ क्लवका स्थानीय अधिकार कार्यक्रम वाल प्रायोजन प्रमुख वलराम तिमिल्सिनाले प्रकाश पारेका थिए ।








Post a Comment

 
Top