0
गोल्डेन न्यूज संवाददाता
लमजुङ पसगाउँ गाविसमा पर्ने विकट बस्ती सिङ्दीस्थित हिमालय माध्यमिक विद्यालयको व्यवस्थापन समितिमा पूनः जित बहादुर गुरुङ सर्वसम्मतले निर्वाचित भएका छन् । विद्यालय व्यवस्थापनको समितिमा पूनः विजय भएपछि अध्यक्ष गुरुङले आफूमाथि विद्यालय व्यस्थापनको थप जिम्मेवारी र चुनौति रहेको बताए । उनले विद्यालयको स्तरोत्तर उन्नतिका लागि आफूले नयाँ रचनात्मक भूमिका खेल्ने बताए । अध्यक्ष सहित अन्य ९ जना पदाधिकारीहरुले आगामी कार्यकाल लागि हिमालय माध्यामिक विद्यालयलाई अझ गुणस्तरीय शिक्षामा अगाडि लैजान सक्दो पहल गर्ने बताए । नयाँ कार्यसमितिलाई बधाई दिदै विद्यालयका प्रधानध्यापक शुक्रराज खनालले अध्यक्ष गुरुङ लगायत अन्य विजय पदाधिकारीहरु लाई कार्यकालका लागि शुभकामना व्यक्त गरे । निर्वाचन समितिमा समाजसेवी टंक प्रसाद गुरुङ, रामसुम्बा गुरुङ, शुक्रराज खनाल तथा परशुराम सोतीले जितबहादुर गुरुङको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । विकट बस्ती भएपनि सिङ्दीबासीकै पहलमा उनीहरुले विद्यालयमा कम्प्यूटर शिक्षाको व्यवस्था विगत २ वर्ष देखि गरिराखेका छन् । विद्यालयमा कक्षा १० सम्म गरि जम्मा ३१५ विद्यार्थीले पठनपाठन गरिराखेको समाजसेवी टंक प्रसाद गुरुङले जानकारी दिए। सिङ्दीबासी र अन्य आईएनजिओको सहयोगमा रुदीखोला हाईड्रोपावर संचालन गरि गाउँमा विद्युत सेवा समेत प्रवाह गरेका छन् । त्यस्तै सिङ्दी गाउँ मै पाहुनाको स्वागत सत्कार लागि भनेर ३ लाख खर्चमा ओईल कम गेट निर्माण गरिएको छ । उक्त प्रवेश द्वाराको उद्घाटन प्रगति विकास टोलका अध्यक्ष युवराज गुरुङको अध्यक्षतामा कार्यक्रममा प्रमुख अतिथि तथा समाजसेवी रामसुब्बा गुरुङले गरेका थिएथियो । ओईल कम गेट निर्माणका लागि विशेष सहयोग गरेका प्रमुख अतिथि गुरुङले गाउँको विकासका लागि स्वम् गाउँकै बासिन्दा अग्रसर हुनुपर्नेमा जोड दिए । उनले एकतामा बल हुन्छ भन्ने कुरामा विश्वास लिई अघि बढ्न सुझाव दिए ।










Post a Comment

 
Top