0
हरि पन्त
पोखरा २१ पुस ।
गत बैशाख १२ र २९ गतेको भूकम्पपीडितका लागि लायन्स क्लव अफ ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १  नेपालले राहतका लागि ‘एक ब्यक्ति एक न्यानो कपडा’ अभियान संचालन गरेको छ । बढ्दो चिसो मौसमका कारण घर परिवार र सम्पत्ति गुमाएका भूकम्पपीडित सर्वसाधारणको दिनप्रतिदिन समस्यामा पर्न थालेपछि सो अभियान संकलन गरिएको हो ।  भूकम्पपीडितलाई डिष्ट्रिक्ट अन्तर्गतका २०९ क्लवमा आबद्ध करिब ६ हजार २०० सदस्य तथा अन्य समाजसेवीहरुले सिरक, डसना, व्लाङ्केट र जाडोमा प्रयोग गर्ने न्यानो कपडाहरु प्रदान गर्ने भएका हुन ।

बढ्दो चिसोका कारण भूकम्पपीडितको मृत्यु भएको समाचार सार्वजनिक भएपछि डिष्ट्रिक्ट गभर्नर धुव्र थापाले आफ्नो डिष्ट्रिक मातहतका क्लवका सदस्यहरु र समाजका अन्य गैरलायन्स ब्यक्तिहरुलाई समेत यस अभियानमा सहभागी भई जीवन र मृत्युको दोसाँधमा रहेका पीडितलाई खुल्ला हृदयले सहयोग गर्न आग्रह गरेका छन् । ‘भूकम्पले घर भत्किएर आफ्नो सम्पूर्ण भएका लत्ताकपडा, खाद्यान्न र सम्पत्ति समेत गुमेसंगै खुल्ला आकाश मुनि बसेका सर्वसाधारणहरुको जाडो मौसमका कारण मृत्यु हुन थालेको छ । उनीहरुलाई मानवीय भावनाले सहयोग गर्न लायन्सहरुलाई आग्रह गरेका छांै’–गभर्नर थापाले गोल्डेन न्यूज दैनिकसंग भने–‘हामीले भूकम्प पीडितको सहयोगका लागि आग्रह गरेको एक सातामै ३५ लाख मूल्य बरावरको राहत सामाग्रीहरु संकलन भईसकेको छ,नेपालका भूकम्प प्रभावित सबै जिल्लाहरुमा हामी आफै पुगेर संकलित सामाग्री पीडितको हातमै वितरण गर्नेछौं ।’ लायन्सले अभियान सञ्चालन गरेको छोटो समयमै गण्डकी, धवलागिरि र बागमती अञ्चलबाट संकलित सामाग्री संकलनको क्रम संगै प्रभावित क्षेत्र धादिङ्ग र नुवाकोट जिल्लाका पीडितलाई स्वयं लायन्सहरु आफै उपस्थित भएर वितरण गर्न थालेको गभर्नर थापाले बताए । न्यानो कपडा विशेषगरि बालबालिका र वृद्धवृद्धाहरुलाई वितरण गरिने उनले बताए । डिष्ट्रिक्टद्वारा चिसोका कारण समस्यामा परेका भूकम्प पीडितहरुका लागि न्यानो कपडा संकलन कार्यक्रम अन्तर्गत “एक ब्यक्ति एक न्यानो कपडा” अभियान अत्यन्तै उत्साहजनक रुपमा अघि बढिरहेको क्याविनेट सेक्रेटरी विश्वेश्वर आचार्यले जानकारी दिए । ‘डिष्ट्रिक्टले समस्यामा परेका नागरिकका लागि उपलब्ध गराउन थालेको न्यानो कपडा संकलन अभियानमा लायन्स,समाजसेवी र उद्योगपतिले समेत खुल्ला हृदयले सहयोग गरेका छन्, यस अभियानलाई सशक्त र प्रभावकारी बनाउन आफ्नो कार्यक्षेत्र बागमती, धवलागिरि र गण्डकी अञ्चलमा संयोजक तोकेर अभियानलाई अगाडि बढाएका छांै’–सक्रेटरी आचार्यले भने । उनले डिष्ट्रिक्टको कार्यक्षेत्रका साथै भूकम्प प्रभावित सबै जिल्लाहरुमा कपडा वितरण गरिने स्पष्ट पारे । 

उनका अनुसार पोखराका समाजसेवी एवं उद्योगी केपी श्रेष्ठले ५० हजार रुपैयाँको ब्लाङ्केट उपलब्ध गराएका छन भने नोभेल एकेडमी पोखराका अध्यक्ष सीता लामिछानेले १५ हजार रुपैयाँ र गण्डकी गु्रपका अध्यक्ष हरिश्वर पोखरलबाट १० हजार रुपैयाँ बराबरको न्यानो कपडा प्राप्त भएको छ । बढ्दो चिसो संगै भूकम्पपीडितहरुको दैनिकी कष्टकर बन्दै गएपछि डिष्ट्रिक्टले थालेको न्यानो कपडा संकलन अभियानमा धेरै व्यक्ति तथा संस्थाहरुले चासो दिएको अभियानका गण्डकी संयोजक एवं रिजन चियर पर्सन दुर्गा हुमागाईले जानकारी दिए । ‘सामाजिक सञ्जालबाट हामीले थालेको यस अभियानले स्वतःस्फुर्त रुपमा राहत स्वरुपको न्यानो कपडा संकलन कार्य अगाडि बढिरहेको छ, अभियानलाई अझै तीव्र गतिमा अघि बढाउन सबै क्लवहरुलाई विशेष आग्रह गरी अभियानलाई प्रभावकारी तुल्याउँछांै’–हुमागाइँले भने । 
अभियानलाई प्रभावकारी ढङ्गले अघि बढाउन डिष्ट्रिक्टले बागमती अञ्चलमा मनबहादुर रोका र उदय नेपाल, गण्डकीमा दुर्गाप्रसाद हुमागाई र एकनारायण ढकाल,  धौलागिरिमा चन्द्रकुमार केसीलाई संयोजक संयोजक तोकेको छ । 

Post a Comment

 
Top