0
नेपाली कांग्रेसका महामन्त्री कृष्ण प्रसाद सिटौलाले वर्तमान सरकारले संबिधान कार्यान्वयनको हैसियत नराख्ने बताएका छन् । प्रेस युनियन कास्कीले सोमवार पोखरामा गरेको पत्रकार सम्मेलनमा उनले जतिसक्दो छिटो नयाँ संविधान कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेपनि बर्तमान सरकारले संबिधान कार्यान्वयनमा ल्याउन नसक्ने ठोकुवा गरे । नयाँ संविधानको शीघ्र र सहज कार्यन्वयन राष्ट्रको माग भएपनि यो सरकारको अहिलेसम्मको मूल्याङ्कनले संबिधानको सहज कार्यान्वयन गर्ने क्षमता राख्छ भन्ने नदेखिने उनले स्पष्ट पारे । बर्तमान सरकारको गतिबिधिबाट पनि संविधान कार्यन्वयन सहज नदेखिने उनले बताए । सिटौलाले अहिलेकै स्थितिमा यस्तै सरकार आफ्नै पार्टीको नेतृत्वमा बनेपनि संविधान कार्यान्वयन कठिन हुने बताए । उनले सिंगो राष्ट्रलाई विश्वासमा लिन सक्ने एकताको आवश्यकता औल्याए । राष्ट्रिय एकता, राजनीतिक दलहरु बीचको समझदारी कमजोर भएको सिटौलाले बताए । जुन विश्वास र समझदारीको उचाईबाट संबिधानसभाबाट संबिधान जारी भएको थियो त्यो विश्वास र समझदारी अहिले नरहेको उनले उल्लेख गरे । मधेसको समस्या बार्ता र सम्वादकै माध्यमबाट अन्त्य गर्नुपर्ने उनले बताए । पूर्व गृहमन्त्री समेत रहेका सिटौलाले आन्दोलनको नाममा हिंसात्मक गतिबिधि भने सहन नसकिने स्पष्ट पारे । पार्टी महाधिवेशनको तयारी तीब्र गतिमा भैरहेको भन्दै उनले यस अघिका महाधिवेशन बाट पाठ सिकेर १३ औं महाधिवेशन सम्पन्न गरिने बताए ।




Post a Comment

 
Top